नेभिगेशन
सबै कुरा

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई हुने, ५० सिट सुनिश्चित

दाङ । दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिटको एमबीबीएस पढाइ सुनिश्चित गरेको हो ।

५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउने भएका छन । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबीबीएसका लागि ५० सिट सुनिश्चितता भएको जानकारी दिए।  प्रतिष्ठानको विकासमा एमबीबीएस पढाइ महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने लम्सालले  बताए ।“एमबीबीएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो, दाङसहित सिङ्गो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा साबित हुनेछ”, उनले भने  ।

City Express

प्रतिष्ठानले करिब ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बीएस्सी र बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघरमा दीप प्रज्वलन

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघरमा दीप प्रज्वलन

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एशोसिएशन नेपाल, जेनजी युवा समूह लगाएत संघ संस्थाहरुले बुधबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन्...
असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)

दशैं नजिकिएसँगै असन–इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । गत साताको आन्दोलनपछि विस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ ।
बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरिक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरुले संसद भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भएपनि संघीय संसदको बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने...