नेभिगेशन
सबै कुरा

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव यथावत

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

Ncell
Extreme Energy

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

आगो लगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगोबाट मनकुमारीको छाती र ढाड जलेको छ ।
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।