नेभिगेशन
सबै कुरा

देगु तलेजुको पुनःनिर्माण सम्पन्न

ललितपुर । नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए। भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, “मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ ।”

Ncell
Extreme Energy

ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले रु १३ करोड  सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनःनिर्माण पूरा भएको छभने केही निर्माणाधीन छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको छ।
रसुवा बाढीपछि बसेको मन्त्रिपरिषदका यी हुन् १० निर्णय

रसुवा बाढीपछि बसेको मन्त्रिपरिषदका यी हुन् १० निर्णय

सरकारले रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
चिनियाँ विज्ञले भने–भोटेकोशी बाढीमा तापक्रम वृद्धिको प्रभाव हुनसक्छ

चिनियाँ विज्ञले भने–भोटेकोशी बाढीमा तापक्रम वृद्धिको प्रभाव हुनसक्छ

रसुवाको भोटेकोशी नदीमा आएको भेलबाढीमा उच्च तापक्रमको प्रभाव हुनसक्ने चिनियाँ विज्ञहरूले बताएका छन्।