नेभिगेशन
सबै कुरा

मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति

पर्सा । पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह ९एमबिबिएस० को प्रवेश परीक्षामा  छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो ।

चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८.२५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेका छन् । त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८.२५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकालेका थिए ।

Dish Home
Global Ime Bank

आयोगले भदौ १४ गते सार्वजनिक गरेको नतिजामा सामान्य त्रुटि भएको भन्दै भदौ १६ गते नतिजा सच्याएसँगै असिमले प्राप्त गरेको स्थान तीन सय ६८औँ कायम भएको छ । यद्यपि आयोगले नसिम र असिमले पढ्ने मेडिकल कलेजको सूची भने सार्वजनिक गरिसकेको छैन ।

राकीका जुम्ल्याहा सन्तानले आरक्षणको कोटामा पनि फर्म भरेकाले पनि छात्रवृत्ति पाएर ‘एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा निःशुल्क अध्ययन गर्ने लगभग निश्चित जस्तै छ । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने राकी परिवारमा खुसी छर्ने काम भने उनकै सन्ततिले गरेका हुन् । “जेठी छोरी डाक्टर नबु र माइला छोरा समिरले पैसा तिरेरै एमबिबिएस अध्ययन गरिरहेका छन्”, उनले भने, “यसपाली त जुम्ल्याहा छोराले झनै छात्रवृत्तिमा नै नाम निकालेपछि त झनै  हर्षित भएका छौं ।”

फिरोज राकी र नसिमा प्रविण त्यस्ता भाग्यमानी बुबाआमा छन् । यसको कोखबाट जन्मिएका चारै सन्तानले एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा पढ्ने अवसर पाउँदैछन् । “मेरा चारै सन्तान एमबिबिएस अध्ययन गर्ने अवसर पाएका छन्”, उनले भने, “मुस्लिम समुदायभित्र रहेर पनि छोराछोरीलाई असल संस्कारसहितको शिक्षादीक्षा दिएकै कारणले यो सम्भव भएको हो ।”

गत वर्ष पनि जुम्लाहा छोराले शुल्क तिरेर एमबिबिएस पढ्नेमा नाम निकालेका थिए । तर, शुल्क तिरेरै पढेनन् । थप एक वर्षको मेहनतपछि दुवै छोराले छात्रवृत्तिमा नै पढ्ने अवसर जुरेको छ । एमबिबिएसको प्रवेश परीक्षामा हालसालै नाम निकालेका नसिम राकीले दोस्रो प्रयासमा मात्रै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताए । “अघिल्लो वर्ष पनि इन्ट्रान्स परीक्षा दिएका थियौँ ।”

“तयारी र समय अभावका कारणले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेनौँ”, उनले भने, “बुबाआमाको प्रेरणा र आफ्नो नियमित र निरन्तर अध्ययनकै कारणले छात्रवृत्तिमा नाम निकाल्न सम्भव भएका हौँ । भर्खरै पहिलो खुड्किलो पार गरेका छौँ । अब राम्रोसँग अध्ययन गरेर दिनदुःखी र गरिबीको दुष्चक्रमा परेका उपचार नपाएकाहरुको सेवा गर्ने रहर छ ।”

आफ्नो जुम्ल्याहा भाइसँगै छात्रवृत्तिमा नाम निकाल्नुभएका दाइ असिम राकीको पनि खुसीले हर्षित भएको बताउनुहुुन्छ । “अघिल्लो वर्षमा भएका गल्ती र कमजोरलाई हटाउँदै नयाँ जोश र उमङ्गले अध्ययन गरेकाले पनि यो वर्ष एमबिबिएसको इन्ट्रान्स परीक्षा क्र्याक गर्न सफल भएका हौँ”, उनले भने ।

नसिम र आसिम राकी दुवै १० कक्षा वीरगञ्जकै  सामुदायिक विद्यालय माईस्थान विद्यापिठबाट अध्ययन गरेका हुन्। उनीहरुले कक्षा ११ र १२ भने ललितपुरको प्रसादी एकेडेमीबाट अध्ययन गरेका थिए ।

बुबा फिरोज आफैँ पनि मेकानिकल इन्जिनियरका रुपमा २५ वर्षभन्दा धेरै समय बिताए। अहिले भने उनी वीरगञ्जकै एक शिक्षण संस्थामा अध्यापन गराउँदै आइरहेका छन् । छोराछोरीलाई दुःखजिलो गरेर नै अध्ययन गराउँदै आइरहेको उनको भनाइ छ । “मैले २५ वर्षभन्दा धेरै समय नेपालकै प्रतिष्ठित उद्योगी पद्म ज्योतिको हिमाल स्टिलमा काम गर्ने मौका पाए । त्यहाँ मैले परिवार र समाजलाई असल संस्कार दिने कुरा भने धेरै सिक्ने मौका पाए ।”

उनले विगत स्मरण गर्दै भने, “अहिले पनि सामान्य खालकै घरमा बसोबास गर्दै आइरहेको छौँ । मलाई कहिल्यै पनि धन सम्पत्ति जोड्न भन्दा पनि सन्तानको पढाईलाई कसरी राम्रो गराउनेतर्फ मात्रै ध्यान दिदैँ आइरहे । अहिले त्यसैको नतिजा पाएजस्तो अनुभव भइरहेको छ ।”

मदर्सा इस्लामिया प्रसोतिपुर, लालपर्साकी प्रध्यानाध्यापक समेत रहकी आमा नसिमा प्रविणले पनि असल संस्कारकै कारणले आफ्ना चारै सन्तानले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको दावी गरिन् । “हामीले कहिल्यै पनि चारै जना सन्तानलाई कहिल्यै पनि डाक्टर बन्नुपर्छ भनेर दबाब दिएनौँ”, उनले भनिन्, “जेठी छोरी नबुले एमबिबिएसमा नाम निकालेपछि अन्य भाइले पनि दिदीको सिको गर्दै अघि बढ्दा यो सफलता हात पारेका हुन् ।”

फिरोजका जेठी छोरी डाक्टर नबु प्रविण युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा एमबिबिएसको अध्ययन सकेर अहिले इन्टनशीप गरिरहेका छन् । नबुले पनि २०७५ सालमा पैसा तिरेरै एमबिबिएस अध्ययन गरेका हुन् । त्यति मात्रै होइन, फिरोजका माइला छोरा समीर राकी पनि २०८० सालको एमबिबिएसको प्रवेश परीक्षामा पैसा तिरेर पढ्नेमा नाम निकालेर अहिले धरानस्थित बिपी कोइराला इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा पहिलो वर्षमा एमबिबिएस अध्ययनरत छन् ।

आमा नसिमा प्रविणले आफ्नो श्रीमान्को साथ र सहयोगकै कारणले आफूले पनि बीचैमा रोकिएको अध्ययनलाई अघि बढाउने अवसर पाएको  सुनाउँछिन् । “मेरो विवाह हुँदा आठ कक्षा मात्रै पढेकी थिए”, उनले भनिन्, “श्रीमान्कै प्रेरणाकै कारणले रोकिएको पढाईलाई फेरि निरन्तरता दिने मौका पाए । यसका कारणले कारणले अहिले मदर्सा विद्यालयको नेतृत्व पनि हाँकिरहेको छु ।”

अहिले पनि मुस्लिम समुदायका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिने विषयमा कञ्जुस्याइँ गरिरहेको उनले गुनासो गर्छिन् । “मुस्लिम समुदायमा अझै पनि छोराछोरीलाई पढाइलेखाइ त्यति धेरै चासो नदिँदा धेरै पछाडि परिरहेको अनुभूति गरेका छौँ”, उनले भनिन्, “छोरा होस् या छोरी दुवैलाई असल शिक्षा दिन कोही पनि पछि हट्नु हुँदैन ।”

बुबा राकीले आफ्नो परिवारका सदस्यलाई असर संस्कार र पढ्ने वातावरण तयार पार्न सबै बुबाआमा लाग्नुपर्ने सुझाव दिन्छन् । “संस्कार माला जस्तै किनेर पाइँदैन”, उनले भने, “जुनसुकै अभिभावकले पनि आफ्नो छोराछोरीको चाहना र आकाङ्क्षाअनुसार नै अघि बढ्ने वातावरण मात्रै तयार गर्ने हो । आफ्नो भविष्यको ढोका त छोराछोरीले नै खोल्ने हो ।”

आफ्ना चारवटै सन्तानले वरिष्ठ चिकित्सक गोविन्द केसीको पद्चाप पछ्याइदिएको खण्डमा खुसी हुने बताउँछन्। “मेरा चारै सन्तानले बरिष्ठ चिकित्सक केसीले जस्तै असहाय र गरिबी जनतालाई स्वास्थउपचार गरुन भन्ने चाहाना रहेको छ”, उनले भने “असल शिक्षा र वातावरण दिएकाले पक्कै पनि सो पद्चाप अँगाल्छन् भन्ने आशा र विश्वास लिएको छु ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बजेटमाथिको छलफल भइरहँदा खाली छन् संसद्‍का कुर्सी (तस्विरहरु)

बजेटमाथिको छलफल भइरहँदा खाली छन् संसद्‍का कुर्सी (तस्विरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेल घेराउ गरेर नाराबाजी गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसकारण प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन...
संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)

उनीहरुले रोष्ट्रम अगाडी गएर नारावाजी गरेका छन् । तर सभामुखले पेलेरै बैठक अघि बढाएपछि राप्रपा र नेकपा एकिृकत समाजवादीले यो सही नभएको बताए । राप्रपाले आफ्नै आसनमा उभिएर...
सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ । आइतबार रास्वपा र राप्रपाको प्रदर्शन र विरोधका बिच सभामुखले बैठक पेलेर अघि बढाएपछि राप्रपाले बैठक बहिस्कार गरेको हो...
बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ

'हामीले गोरखा जिल्लाका लागि विगत २ आर्थिक वर्षदेखि विनियोजित गराउन प्रयास गरेका विकास परियोजनाहरु बजेटमा कटौती गरियो', सिधाकुरासँग बजगाइँले भने,'नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकको मौलिक...

भर्खरै