नेभिगेशन
सबै कुरा

दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती

बागलुङ । बागलुङको ढोरपाटन स्याउ खेतीका लागि उपयुक्त मानिन्छ तर यहाँका किसानले व्यवस्थित रुपमा खेती नगर्दा राम्रो उत्पादन हुन सकेको थिएन । ढोरपाटनको हावापानी र मौसममा विभिन्न जातका स्याउ उत्पादन गर्न सकिने भएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई बागलुङले किसानलाई आधुनिक प्रबिधिको प्रयोग स्याउ खेतीमा आकर्षित गर्न थालेको छ । ढोरपाटन नगरपालिका–९ नवी गाउँमा परम्परागत रुपमा खेती गरिदै आएको स्याउले राम्रो उत्पादन नदिएपछि गत वर्षदेखि आधुनिक प्रबिधिको प्रयोग गरि खेती गर्न थालिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Marvel
Extreme Energy

आर्थिक वर्ष २०८०/०८१ मा नवी गाउँको २८० रोपनी जमिन चक्लाबन्दी गरि स्याउ लगाइए छ । मुस्ताङको मार्फादेखि चार हजार २०० विरुवा लिएर लगाएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १७ लाख अनुदान र किसानको नौ लाख लगानीमा स्याउ खेती गरिएको हो । यस गाउँमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस जातका स्याउका विरुवा लगाएको छ । नवी गाउँको तल्लो बिजउले कृषक समूह र नवी प्रगतिशील कृषक समूहमार्फत किसानलाई जोडेर स्याउ खेती थालिएको हो ।

यस क्षेत्रमा किसानले झण्डै दुई दशक अगाडिदेखि स्याउ खेती गर्दै आए पनि राम्रो लाभ भने लिन नसकेका थिएनन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ठूलो लगानी गरेर गाउँमा स्याउ खेती गर्न प्रेरित गर्दा किसान उत्साहित छन् । ढोरपाटन आलु र स्याउका लागि प्रख्यात मानिदै आए पनि किसानमाहरुमा प्राबिधिक ज्ञान नहुँदा उत्पादन बढाउन नसकेका थिएनन् । लगाइएको स्याउका विरुवाले चार वर्षमा उत्पादन दिने भएपछि किसान पनि खुसी भएका छन् ।्

हरेक वर्ष ढोरपाटनमा हजारौँको संख्यामा पर्यटक पुग्ने गर्छन् । तर उनीहरुले कोसेलीका रुपमा स्याउ भने लैजान पाएका छैनन् । अब स्याउ खेतीबाट किसानले राम्रो आम्दानी लिन सक्ने अपेक्षा लिएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...