नेभिगेशन
सबै कुरा

दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती

बागलुङ । बागलुङको ढोरपाटन स्याउ खेतीका लागि उपयुक्त मानिन्छ तर यहाँका किसानले व्यवस्थित रुपमा खेती नगर्दा राम्रो उत्पादन हुन सकेको थिएन । ढोरपाटनको हावापानी र मौसममा विभिन्न जातका स्याउ उत्पादन गर्न सकिने भएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई बागलुङले किसानलाई आधुनिक प्रबिधिको प्रयोग स्याउ खेतीमा आकर्षित गर्न थालेको छ । ढोरपाटन नगरपालिका–९ नवी गाउँमा परम्परागत रुपमा खेती गरिदै आएको स्याउले राम्रो उत्पादन नदिएपछि गत वर्षदेखि आधुनिक प्रबिधिको प्रयोग गरि खेती गर्न थालिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

आर्थिक वर्ष २०८०/०८१ मा नवी गाउँको २८० रोपनी जमिन चक्लाबन्दी गरि स्याउ लगाइए छ । मुस्ताङको मार्फादेखि चार हजार २०० विरुवा लिएर लगाएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १७ लाख अनुदान र किसानको नौ लाख लगानीमा स्याउ खेती गरिएको हो । यस गाउँमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस जातका स्याउका विरुवा लगाएको छ । नवी गाउँको तल्लो बिजउले कृषक समूह र नवी प्रगतिशील कृषक समूहमार्फत किसानलाई जोडेर स्याउ खेती थालिएको हो ।

यस क्षेत्रमा किसानले झण्डै दुई दशक अगाडिदेखि स्याउ खेती गर्दै आए पनि राम्रो लाभ भने लिन नसकेका थिएनन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ठूलो लगानी गरेर गाउँमा स्याउ खेती गर्न प्रेरित गर्दा किसान उत्साहित छन् । ढोरपाटन आलु र स्याउका लागि प्रख्यात मानिदै आए पनि किसानमाहरुमा प्राबिधिक ज्ञान नहुँदा उत्पादन बढाउन नसकेका थिएनन् । लगाइएको स्याउका विरुवाले चार वर्षमा उत्पादन दिने भएपछि किसान पनि खुसी भएका छन् ।्

हरेक वर्ष ढोरपाटनमा हजारौँको संख्यामा पर्यटक पुग्ने गर्छन् । तर उनीहरुले कोसेलीका रुपमा स्याउ भने लैजान पाएका छैनन् । अब स्याउ खेतीबाट किसानले राम्रो आम्दानी लिन सक्ने अपेक्षा लिएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।
खाल्डाखुल्डी पुर्ने सडक एम्बुलेन्स ! (तस्बिरकथा)

खाल्डाखुल्डी पुर्ने सडक एम्बुलेन्स ! (तस्बिरकथा)

मध्य वर्षातको बेला छ । झमझम झरी परिरहेको हुन्छ । सडकमा पानी भरीभराउ हुन्छ ।