नेभिगेशन
सबै कुरा

पर्सामा आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

वीरगंज । पर्सामा आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको मृत्यु भएको छ । जिल्लाको जगरनाथपुर गाउँपालिका–५, मसिहानी टोल नजिकको सिक्टा नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार मामाघर आएका बेला आमासँग ऋषिपञ्चमी नुहाउन उनीहरु गंगोल नदी गएका थिए । सोही बेला खोलामा पसेका उनीहरुको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेहरूमा भारतको बेनिया बनकटका १० वर्षीय गुलसन ठाकुर हजाम र भारतको सिक्टाका ८ वर्षीय अविषेक पटेल रहेका छन् । दुवै बालक हाल मामाघरमा बस्दै आएका थिए ।

Ncell
Extreme Energy

प्रहरीले दुवै बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।
खाल्डाखुल्डी पुर्ने सडक एम्बुलेन्स ! (तस्बिरकथा)

खाल्डाखुल्डी पुर्ने सडक एम्बुलेन्स ! (तस्बिरकथा)

मध्य वर्षातको बेला छ । झमझम झरी परिरहेको हुन्छ । सडकमा पानी भरीभराउ हुन्छ ।