नेभिगेशन
सबै कुरा

भन्सार छलेर हुइकिँदै गरेकाे टेप्पोलाई जाँच गर्दा...

पर्सा । भन्सार छलेर भित्र्याइने काजुको नियन्त्रण हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पछिल्लो समय भन्सार छली गरेर भित्र्याइएका काजु, किसमिस, आलुप्याजसहितका सामान दिनँहुजसो बरामद गर्दै आइरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्रले आइतबार पनि वीरगञ्ज महानगरपालिका–१० स्थित आर्दशनगरबाट घण्टाघरतर्फ जाँदै गरेको ना२ह ५९६ नम्बरको टेप्पोलाई जाँच गर्दा भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको छ लाख ४५ हजार छ सय मूल्य पर्ने २७ डिब्बा काजु र ६ बोरा मरिच बरामद गरेको छ ।

Marvel
Extreme Energy

सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियाका घर भएका टेप्पोचालक विनोद कुशवाहालाई समेत पक्राउ गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाएको छ ।

गणका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले चाडपर्व नजिकिँदै गर्दा तस्कर धेरै सक्रिय भएकाले पनि अवैध सामान बरामद हुने क्रम बढेको बताउँछन् । “सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी सधैँ सक्रिय नै रहँदै आइरहेको छ”, उनले भने, “चाडपर्व नजिकिएसँगै अवैध चोरी तस्करी गर्नेको सङ्ख्या बढेकाले पनि बरामदको घटनामा वृद्धि भएको हो ।”

सशस्त्र प्रहरी बलले शनिबारमात्र रु १० लाख ५० हजार छ सय बराबरको भन्सार छलीका सामान पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो । सशस्त्रले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित रु चार लाख ७३ हजार आठ सय मूल्य पर्ने काजु, खजुर बदाम, बिस्कुट र किसमिसलगायत सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।

यसैगरी शनिबार नै नगवास्थित खुस्बु चक्लेट उद्योगको गोदाममा भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु तीन लाख छ हजार छ सय ३० मूल्य पर्ने चक्लेट, चिनी र बोरा सिलाउने मेसिन बरामद गरेको थियो ।  

सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–६ स्थित मीनाबजारबाट भारतबाट भन्सार छली गरेर भण्डारण गरिराखेको रु दुई लाख ७० हजार एक सय ७० मूल्यका आलु र प्याज बरामद गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...