नेभिगेशन
सबै कुरा

चितवनमा कन्टेनर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

चितवन । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान  रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा  मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । ठक्कर दिने कन्टेनर र चालक बाराको  गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।
खाल्डाखुल्डी पुर्ने सडक एम्बुलेन्स ! (तस्बिरकथा)

खाल्डाखुल्डी पुर्ने सडक एम्बुलेन्स ! (तस्बिरकथा)

मध्य वर्षातको बेला छ । झमझम झरी परिरहेको हुन्छ । सडकमा पानी भरीभराउ हुन्छ ।
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।