नेभिगेशन
सबै कुरा

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा ६ प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए । 

Marvel
Extreme Energy

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...