नेभिगेशन
सबै कुरा

राष्ट्रपतिले सजाय माफी दिने व्यवस्थाको दुरुपयोग भयो, सरकारले जवाफ दिनुपर्छ : रास्वपा

११ असाेज, काठमाडाै‌ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिले सजाय माफी दिने व्यवस्थाको दुरुपयोग भएको बताएको छ । बुधबार रास्वपाको पार्टी कार्यालयमा बसेको संसदीय दल तथा केन्द्रिय समितिको संयुक्त बैठकले संविधानको धारा २७६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ को सजाय माफी दिन सकिने संवैधानिक तथा कानूनी प्रावधान बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले माफी दिने व्यवस्थाको दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कानूनको मर्म विपरित सरकारबाट हुने यस्ता सिफारिसका सम्बन्धमा राष्ट्रपतिको ध्यानकर्षण गराउने समेत निर्णय गरेको छ । यस्तै सदनबाट सरकारसँग जवाफ माग्ने तथा संसदमा संकल्प प्रस्ताव पेश गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले बताए ।

Ncell
Extreme Energy

असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले  ७५ कारागारमा कैद सजाय काटिरहेका ६७० जना कैदीको माफी मिनाह गरेका थिए । जस मध्ये नेपालगंजका रिगल भनिने योगराज ढकालले २०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरि हत्या गरेका थिए ।

राष्ट्रपति ज्यू ! हत्यारालाई माफी दिएर पाप गर्नु भयो: भारती मानन्धर (भिडियाेसहित)

चेतनाको हत्या गर्दा रिगल तरुण दल बाँके ३ का सभापति थिए । हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए ।

रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए । असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...
२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा २४ गते नेपाल आउने भएका छन् । उपचारको हङकङमा रहेका देउवा २४ गते नेपाल फर्कने तय भएको उनी निकट स्रोतले जानकारी दियो...
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।