नेभिगेशन
सबै कुरा

राजदूत नियुक्त गर्दा समावेशीमा ध्यान दिन नसकेको परराष्ट्रमन्त्री राणाकाे स्वीकाराेक्ती

काठमाडाैँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन नसकेको स्वीकार गरेकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा विविध कारणले केहि कमि कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि लाने बताएकी हुन् । 

Ncell
Extreme Energy

संविधानमा समानुपातिक समावेशिता विषय उल्लेख गरेपनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउदा बिशेष ध्यान दिनुपर्ने उनले बताइन् । उनले महिला राजदूत तोक्नका लागि पनि संख्या नै स्पष्ट हुनुपर्ने जिकिर गरिन् ।

मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिहरुलाई पनि गहन रुपमा सुनुवाई गरेर मात्रै अनुमोदन गर्न समिति समक्ष आग्रह गरिन् ।

बैठकमा समिति सदस्यहरुले एकैपटक १७ जना राजदूतको सिफारिस हुदा पनि समावेशी समानुपातिकमा सरकारले ध्यान दिन नसकेको धारणा राखेका थिए । सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरुको समितिले सुनुवाई समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।