नेभिगेशन
मुख्य समाचार

बागमती प्रदेश सरकारमा सहभागी नहुने राप्रपा संसदीय दलको निर्णय

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले वर्तमान सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ ।

संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार राति अबेर बसेको बैठकले प्रदेश सरकार गठनको गणितीय चलखेलमा सहभागी नहुने र सरकारमा जाने दौडबाट बाहिर रहने निर्णय सर्वसम्मत रूपमा गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय अनुमोदन गरेको जनाएको छ ।

Ncell
Extreme Energy

यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले पनि वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने नीति लिएको थियो। त्यसैअनुसार बागमती प्रदेश संसदीय दलले पनि सरकारमा नजाने निर्णय गरेको हो ।

यो निर्णयसँगै नेपाली कम्युनिस्ट पार्टी  र नेकपा एमालेबीचको सहमति बागमती प्रदेशमा भने तत्काल कार्यान्वयन नहुने देखिएको छ ।

एमाले र नेकपाबीच तीन बुँदे सहमति भएर बागमती प्रदेश सरकार एमालेले लिने समझदारी बनेको थियो ।

तर गणितले साथ नदिएपछि बागमती प्रदेशमा सहमति अलपत्र परेको हो ।

१०४ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५३ सांसद चाहिन्छ । नेकपासँग २६ र एमालेसँग २५ सांसद मात्रै छन् ।

767743378_1761217051793058_1010274830897565201_n-1786073351.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको घोषणा गरेको छ।
पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

तीन युवा नेपाली उद्यमीले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको भावनात्मक तथा मानसिक आघात (जेनेरेशनल ट्रमा) को चक्र तोड्न सहयोग गर्ने उद्देश्यसहित कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित स्टार्टअप एआई इको (AI...