नेभिगेशन
मुख्य समाचार

बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

काठमाडौं । वर्षाका कारण सडक जोखिम बढेपछि बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रहरीले शुक्रबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी आवागमन बन्द गरिएको जनाएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी, कान्ति लोकपथमा वर्षायामको जोखिमलाई ध्यानमा राख्दै बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु–रामेछाप सडकखण्ड अवरुद्ध भएको छ । खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

यस्तै, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको भेरी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।

म्याग्दीको बैसेरी र भिरकाटे क्षेत्रमा सडक बगेपछि बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात ठप्प भएको छ भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेखस्थित मदन भण्डारी सडकमा सुक्खा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

चालु आर्थिक वर्षको वैशाखदेखि साउन २० गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७६८ घटना भएका छन् ।
ट्रम्पले रोके अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’

ट्रम्पले रोके अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरा सीमित गर्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। केही साताअघि अमेरिकी सर्वोच्च अदालतले यस्तै प्रकृतिको अघिल्लो आदेश कार्यान्वयन गर्न...
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।