नेभिगेशन
जनप्रतिनिधिका कुरा

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

काठमाडौँ । संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ । 

कानुन न्याय तथा संसदीय मन्त्री सोविता गौतमले कार्यव्यवस्था समिति बैठकमा अधिवेशन दशैंसम्म चल्ने भएकाले प्रभावकारी रुपमा कानुन निर्माणका सक्रिय हुन अनुरोध गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘दसैँअगाडिसम्म सदन लगातार चल्छ । बिजनेस टन्न छ । अभाव छैन । ९ वटा विधेयक आइसकेका छन् । सरकारले अझै १५/२० वटासम्म विधेयक ल्याउँछ । लक्ष्य ३० वटासम्म ल्याउने हो । प्रभावकारी हिसाबले कानुन बनाउनुपर्छ,’ उनले भनिन् । 

Ncell
Extreme Energy

कार्यव्यवस्था परामर्श समितिले १४ साउनदेखि १० भदौसम्मको क्यालेन्डर पारित गरेको छ । क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश छैन । 

पारित क्यालेन्डरमा विधेयकलाई प्राथमिकता दिइएको छ । संसद् सचिवालयका अनुसार १० भदौसम्म ९ वटा विधेयकमा काम गर्ने कार्ययोजना छ । 

यो अवधिमा मन्त्रीहरूले जवाफ दिने, दुइटा विधेयक पारित गर्ने, अन्य विधेयक समितिमा पठाउने र केही सन्धि–सम्झौताहरू प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।