नेभिगेशन
मुख्य समाचार

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

बालबालिका सबैभन्दा बढी प्रभावित

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखदेखि साउन २० गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७६८ घटना भएका छन् । ती घटनामा ५६ जनाको मृत्यु भएको छ भने ७१९ जना घाइते भएका छन् । सबैभन्दा बढी ७२ वटा सर्पदंशका घटना कञ्चनपुरमा भएका छन् भने सर्पदंशबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित छलफलमा विज्ञहरूले सर्पदंशबाट हुने मृत्यु तथा घाइतेका घटना कम गर्न जनचेतना अभिवृद्धि र सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञहरूले सर्पदंशबाट विशेषगरी गरिब, कृषक तथा बालबालिका बढी प्रभावित हुने उल्लेख गर्दै सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा नलागी तत्काल अस्पताल वा उपचार केन्द्रमा लैजानुपर्नेमा जोड दिएका छन् ।

Ncell
Extreme Energy

छलफलमा मनसुनका बेला सर्पदंशका घटना बढ्नुका कारण, जोखिम न्यूनीकरणका उपाय, सर्पले टोकेपछि तत्काल अपनाउनुपर्ने सावधानी तथा दीर्घकालीन समाधानका विषयमा पनि छलफल भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोख्रेलले सर्पदंशलाई नेपालमा अझै उपेक्षित विपद्का रूपमा लिइएको बताउँदै यसको रोकथाम सम्भव रहेको धारणा राखे । उनले स्थानीय समुदायलाई सचेत र सक्षम बनाउनुका साथै सुरक्षित तथा प्रभावकारी उपचार सेवाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी अन्य विज्ञहरूले स्वास्थ्य संस्थासम्म पुग्ने सडक तथा यातायातको पहुँच सुधार, स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम र उपचार केन्द्रहरूको जानकारी सर्वसाधारणसम्म प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

sarpadansa-1786068861.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

वर्षाका कारण सडक जोखिम बढेपछि बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको...
ट्रम्पले रोके अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’

ट्रम्पले रोके अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरा सीमित गर्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। केही साताअघि अमेरिकी सर्वोच्च अदालतले यस्तै प्रकृतिको अघिल्लो आदेश कार्यान्वयन गर्न...
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।