नेभिगेशन
सबै कुरा

दाङको टरिगाउँ विमानस्थलबाट हप्ताको एक दिन मात्र उडान

दाङ । नेपाल वायुसेवा निगमले दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा हप्ताको एक दिन, अर्थात्, शुक्रबार मात्र उडान भर्ने भएको छ । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएपछि यस्तो निणर्य गरिएको हो । निगमका दाङ प्रमुख बलबहादुर सुनारका अनुसार हाल प्रत्येक शुक्रबार मात्र उडानको व्यवस्था गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हप्ताभर उडान गर्ने योजना भएपनि अहिले निगमसँग एक मात्र जहाज रहेकोले हप्ताको एक दिन मात्र उडान भर्ने नीति लिइएको उनको भनाइ छ । अब प्रत्येक शुक्रबार दिउँसो १२ बजे टरिगाउँमा जहाज आइपुग्ने र १२ः२० मा काठमाडौँ फर्किने समयतालिका रहेको छ । दाङबाट काठमाडौँ जाने भाडा सात हजार एक सय रुपैयाँ तोकिएको छ भने काठमाडौँबाट दाङ आउँदा यात्रुले सात हजार दुई सय ५० रुपैयाँ तिर्नुपर्ने छ ।

Ncell
Extreme Energy

गत शुक्रबार काठमाडौँका लागि टरिगाउँबाट एक जना मात्र यात्रु रहेको र यसअघि विमानसेवा केही महिना अनियमित भएको पनि जानकारी गराइएको छ । विमानस्थललाई नियमित बनाउन विभिन्न तहबाट पहल भए पनि सफल भएको छैन ।

टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो। हाल यसको ७५० मिटर धावनमार्गमा १९ सिटे जहाज मात्र अवतरण गर्न सक्छ। धावनमार्गको लम्बाइ १,५०० मिटर पुर्‍याइएमा ७२ सिटे जहाजको उडान सम्भव हुने र सेवा नियमित हुने समेत अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...

भर्खरै