नेभिगेशन
सबै कुरा

दाङको टरिगाउँ विमानस्थलबाट हप्ताको एक दिन मात्र उडान

दाङ । नेपाल वायुसेवा निगमले दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा हप्ताको एक दिन, अर्थात्, शुक्रबार मात्र उडान भर्ने भएको छ । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएपछि यस्तो निणर्य गरिएको हो । निगमका दाङ प्रमुख बलबहादुर सुनारका अनुसार हाल प्रत्येक शुक्रबार मात्र उडानको व्यवस्था गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हप्ताभर उडान गर्ने योजना भएपनि अहिले निगमसँग एक मात्र जहाज रहेकोले हप्ताको एक दिन मात्र उडान भर्ने नीति लिइएको उनको भनाइ छ । अब प्रत्येक शुक्रबार दिउँसो १२ बजे टरिगाउँमा जहाज आइपुग्ने र १२ः२० मा काठमाडौँ फर्किने समयतालिका रहेको छ । दाङबाट काठमाडौँ जाने भाडा सात हजार एक सय रुपैयाँ तोकिएको छ भने काठमाडौँबाट दाङ आउँदा यात्रुले सात हजार दुई सय ५० रुपैयाँ तिर्नुपर्ने छ ।

Marvel
Extreme Energy

गत शुक्रबार काठमाडौँका लागि टरिगाउँबाट एक जना मात्र यात्रु रहेको र यसअघि विमानसेवा केही महिना अनियमित भएको पनि जानकारी गराइएको छ । विमानस्थललाई नियमित बनाउन विभिन्न तहबाट पहल भए पनि सफल भएको छैन ।

टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो। हाल यसको ७५० मिटर धावनमार्गमा १९ सिटे जहाज मात्र अवतरण गर्न सक्छ। धावनमार्गको लम्बाइ १,५०० मिटर पुर्‍याइएमा ७२ सिटे जहाजको उडान सम्भव हुने र सेवा नियमित हुने समेत अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...