नेभिगेशन
सबै कुरा

देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको छ : स्वास्थ्यमन्त्री पाैडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारी अस्पतालमा कम्तीमा तीन सय शय्या भएको अस्पतालमा एमबिबिएस र दुई सय शय्याका अस्पतालमा नर्सिङ् कक्षा सञ्चालन गर्ने तयारीमा सरकार रहेको मन्त्री पौडेलले बताए । उनले भने, “अहिलेको आवश्यकताका आधारमा न्यूनतम जनशक्ति पूरा गर्नेबारे मन्त्रालयले ओएनएम सर्भेका लागि प्रस्ताव गरेको छ ।” तत्कालका लागि ६ प्रदेशका एक÷एकवटा सङ्घीय अस्पतालमा न्यूनतम जनशक्ति पु¥याउने विषयमा गृहकार्य थालिएको उनले बताए । 

Ncell
Extreme Energy

मन्त्री पौडेलले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधान गर्दै आफूले गरेका निर्णय कार्यान्वयनमा ल्याउने बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गरेर अघि बढ्ने र निर्णय कार्यान्वयनमा ल्याउने बताए। उनले भने, “चिकित्सकको दैनिक कार्यअवधि व्यवस्थित गर्न खोजेका छौँ, सार्वजनिक बिदाको दिन बहिरङग सेवा सञ्चालन गर्ने विषय भनेको शनिबार पनि भन्न खोजेको होइन । यस्ता बिदा वर्षमा २४ दिन हुन्छन् । ती दिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा लागेका छौँ ।” 

मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र चिकित्सकको समय बढीभन्दा बढी लिएर सक्रिय बनाउन सकिन्छ भन्ने पक्षमा मन्त्रालय रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।