नेभिगेशन
सबै कुरा

दोषी ठहर भएको ३३ वर्षपछि अदालत उपस्थित भएका सांसद कैद नबसी रिहा

काठमाडाैँ । ३३ वर्ष अघिको मुद्दामा दाेषी ठहर भएर साेमबार अदालत पुगेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान नभई रिह भएका छन् । श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको प्रमाणित भएका केसीलाई २०४८ सालमै रुकुम जिल्ला अदालतले जेल चलान आदेश दिएको थियो । सोहीअनुरुप आइतबार अदालतबाटै पक्राउ परेका उनी कारागार नै नबसी रिहा भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०४८ सालमै दोषी प्रमाणित भएका केसी आइतबार मात्रै रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएका थिए । ३३ वर्षपछि अदालत उपस्थित भएका उनलाई अदालतले कारागार चलान गर्न अनुमति दिएको थियो । तर प्रहरीले उनलाई कारागारमा नराखी रिहा गरेको छ । 

Ncell
Extreme Energy

सांसद केसीले फौजदारी अपराधसंहिता २०७४ मा भएको प्रावधानअनुरुप १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।

दोषी ठहर भएका सांसदलाई रिहाई गरेको भन्दै माओवादी निकट भातृ संगठनले सोमबार रुकुम पूर्व अदालत अघि प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...

भर्खरै