नेभिगेशन
सबै कुरा

भू–माफियाले किर्ते गरेर विक्री गरेको केडिया परिवारको जग्गाबारे अनुसन्धान सुरु

वीरगंज । वीरगञ्जको आदर्शनगरस्थित केडिया परिवारको अधिग्रहणमा परेको जग्गाको अनुसन्धान गर्न नापी तथा मालपोत कार्यालय पर्साले प्रक्रिया अगाडि बढाएको छ । मालपोत कार्यालय पर्साले असली जग्गाधनी केडिया परिवारको हक कायम गराउन प्रक्रिया अघि बढाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त जग्गाको अनुसन्धान गर्न मालपोत कार्यालय पर्साको पत्रको आधारमा नापी कार्यालय पर्साले सर्वेक्षकमा संजय झालाई जिम्मेवारी दिएको थियो । जग्गा बेचबिखनमा ठुलो गिरोह संलग्न रहेको आशंकामा सो सूचना स्थगित गरिएको छ भने अनुसन्धानका लागि आइतबार संयुक्त टोली बनाएर जिम्मेवारी तोकिएको छ । जसका लागि नापी अधिकृत बब्लु पाण्डेको नेतृत्वमा ४ सदस्यीय अनुसन्धान टोली बनाइएको छ ।  उक्त समूहमा सर्वेक्षक राम प्रमोद राउत, संजय झा, र मोहन राय रहेका छन्। सो टोली भदौ २६ गते फिल्डमा खटिने गरी जिम्मेवारी तोकिएको छ । 

Ncell
Extreme Energy

आइतबार नै नापी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकालाई साबिक श्रीपुर ९ ख किता नं १४ र १५ को जग्गा आदर्शनगर विस्तारको समयमा अधिग्रहणमा परेको वा नपरेको यकिन गरीदिन पत्राचार गरेको छ । त्यस्तै बुधबार हुने नाप नक्साका लागि वडा नं १३ मा पर्ने किता नं १५ र वडा नं १३ मा पर्ने किता नं १४ को विषयमा सम्बन्धित वडा कार्यालयका वडा अध्यक्ष, वीरगञ्ज महानगरपालिका लगायतलाई उपस्थिछि तथा सहयोगका लागि पत्राचार गरिएको सर्वेक्षक संजय झाले जानकारी दिए ।

रुकमनी देवी केडियाको नाममा २०२६ सालदेखि रहेको उक्त जग्गा हालसम्म उनकै नामबाट मालपोत कार्यालयमा रजिष्ट्रेशन रहेको छ । २०२९ सालमा सरकारले आधुनिक शहर बनाउन भन्दै वीरगञ्जको विभिन्न गाउँ पञ्चायतको जग्गा अधिग्रहण गरेको थियो, तर केडिया परिवारको जग्गा अधिग्रहणमा परेको थिएन ।

सोही जग्गा २०५८ सालमा कित्ता नम्बर १४ को ९ कठ्ठा र किता नम्बर १५ को २ कठ्ठा ६ धुर गरी जम्मा ११ कठ्ठा ६ धुर जग्गा नापी र श्रेष्ता कायम गरेर स्ववासी दर्ता गराइएको छ । 

त्यस्तै उनीहरुले विभिन्न व्यक्ति हुँदै उक्त जग्गा बैंकहरूलाई बेचेका थिए । उक्त जग्गाको अनुमानित मूल्य करिब सवा अर्ब रुपैयाँ पर्छ । हाल उक्त जग्गामा नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, पुजन होटल, कन्ट्रीइन होटल र महालक्ष्मी डेकोरेशन रहेको घरधनीका नाममा आइपुगेको छ । उक्त जग्गाको हक कायम गराउन रुकमनी देवी केडियाका नाती प्रदीप कुमार केडिया लागिपरेका छन् ।

सम्बन्धित समाचार :

२३ वर्षपछि फेला पर्यो भू–माफियाले किर्ते गरेर विक्री गरेको केडिया परिवारको सवा अर्ब मूल्य बराबरको जग्गा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...

भर्खरै