नेभिगेशन
सबै कुरा

सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी

काठमाडौँ । धनराज गुरुङ भ्रष्टाचार, सुशासन र आर्थिक अपराध विरुद्ध चर्को वकालत गर्ने नेता हुन् । नेपाली कांग्रेसका उपसभापति रहेका गुरुङ पूर्व कानुनमन्त्री हुन् भने स्याङ्जाबाट निर्वाचित सांसद पनि । २०४६ सालदेखि निर्वाचित भएर राजनीतिमा सक्रिय रहेका गुरुङ वडा अध्यक्षदेखि केन्द्रीय मन्त्री हुँदै नेपाली कांग्रेसको तेस्रो ठूलो वरियाताका निर्वाचित उपसभापति समेत हुन् ।


City Express

उनै गुरुङमाथि सहकारीमा प्रबन्धक रहेकी श्रीमतीसँग मिलेर पौने १५ करोड ठगी गरेको आरोप लागेको छ । आइतबार जनताटाइम्स डटकम अनलाइनले उनी विरुद्ध प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) मा दर्ता भएको जाहेरी सार्वजनिक गरेको थियो । 

जाहेरीमा सांसद गुरुङ र उनको पत्नी ज्योती गुरुङले आर्थिक अपराध गरेको किटानी छ । ललितपुर महानगरपालिका महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक पदमा रहेकी ज्योति गुरुङ र उनको पति धनराज गुरुङले १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिना गरेको संसदीय छानबिन समितिमा सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले बयान दिएका थिए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले गुरुङ संलग्न ठगीबारे प्रश्न उठाएका छन् । सहकारी ठगीको आरोप लागिरहँदा गुरुङ भने पूर्वको एक कार्यक्रममा थिए । उनीमाथि लागेको अरोपबारे सिधाकुराले प्रश्न गर्दा गुरुङ परिवारका अत्यन्तै गोप्य घटनाक्रम खुलाउँदै विषय वस्तुमा प्रवेश गरे । आफूले सहकारी ठगेको भन्ने आरोप मिथ्या भएको दाबी गदै उनले सहकारीको रकम हिनामिना गर्ने ज्योति गुरुङ आफ्नो पूर्वपत्नी भएको दाबी गर्दै उनको चरित्रमै प्रश्न गरे । 

सो सहकारीमा प्रबन्धकको रुपमा काम गर्ने पूर्वपत्नी त्यो ठगीको जिम्मेवार हुने सांसद गुरुङको दाबी थियो । आफ्नो घर व्यवहार सोही सहकारीको अध्यक्षका कारण बिग्रिएको भन्दै सांसद गुरुङले ठगीबाट जोगिन अध्यक्षले सबै दोष आफूलाई लगाएको उनको भनाई छ । 

‘सहकारीका अध्यक्ष कुम्भराज र तत्कालिन प्रबन्धक मेरी पूर्व श्रीमतिका कारण सहकारीमा समस्या भएको हो,’ सांसद गुरुङले भने,‘यसमा मेरो कुनै संलग्नता छैन् । मलाई मुछेर सहकारीका अध्यक्ष आफ्नो किर्ते लुकाउन कसैको उक्साहटमा लागि परेका छन् ।’

उनले आफूले छानबिनमा सरकारका निकायलाई सघाउने पनि बताए । सांसद गुरुङसँग सिधाकुराले गरेको कुराकानीको पूर्ण अंश यस्तो छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम  गरिएको छः गृहमन्त्री लेखक

नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम  गरिएको छः गृहमन्त्री लेखक

आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताए । “हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौँ । आमाबाट पनि...
मितेरी सहकारीका अध्यक्ष गुरुङको थुनछेक नसकिएपछि थुनामा पठाउन आदेश

मितेरी सहकारीका अध्यक्ष गुरुङको थुनछेक नसकिएपछि थुनामा पठाउन आदेश

यसअघि न्यायाधीश योङयाको इजलासले तीन अभियुक्त मध्ये दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।
इन्द्रजात्राका सारथीलाई पाँच लाखसम्मको बिमा

इन्द्रजात्राका सारथीलाई पाँच लाखसम्मको बिमा

राष्ट्रप्रमुख सहभागी हुने र देशका प्रमुखपर्वमध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका आसपासका मानन्धरलगायत विभिन्न समुदायका झण्डै ८०० जना संलग्न रहने गर्छन् । “तीमध्ये पर्व सुरु भएदेखि सम्पन्न नभएसम्म अहोरात्र खटिने...
नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सो विधेयक, २०८१ माघ १५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । यस्तै, २०८१ फागुन ५ गते सामान्य छलफल भएको थियो । यसैगरी, समितिमा दफावार छलफलका लागि २०८१ चैत...