नेभिगेशन
सबै कुरा

सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी

काठमाडौँ । धनराज गुरुङ भ्रष्टाचार, सुशासन र आर्थिक अपराध विरुद्ध चर्को वकालत गर्ने नेता हुन् । नेपाली कांग्रेसका उपसभापति रहेका गुरुङ पूर्व कानुनमन्त्री हुन् भने स्याङ्जाबाट निर्वाचित सांसद पनि । २०४६ सालदेखि निर्वाचित भएर राजनीतिमा सक्रिय रहेका गुरुङ वडा अध्यक्षदेखि केन्द्रीय मन्त्री हुँदै नेपाली कांग्रेसको तेस्रो ठूलो वरियाताका निर्वाचित उपसभापति समेत हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनै गुरुङमाथि सहकारीमा प्रबन्धक रहेकी श्रीमतीसँग मिलेर पौने १५ करोड ठगी गरेको आरोप लागेको छ । आइतबार जनताटाइम्स डटकम अनलाइनले उनी विरुद्ध प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) मा दर्ता भएको जाहेरी सार्वजनिक गरेको थियो । 

जाहेरीमा सांसद गुरुङ र उनको पत्नी ज्योती गुरुङले आर्थिक अपराध गरेको किटानी छ । ललितपुर महानगरपालिका महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक पदमा रहेकी ज्योति गुरुङ र उनको पति धनराज गुरुङले १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिना गरेको संसदीय छानबिन समितिमा सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले बयान दिएका थिए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले गुरुङ संलग्न ठगीबारे प्रश्न उठाएका छन् । सहकारी ठगीको आरोप लागिरहँदा गुरुङ भने पूर्वको एक कार्यक्रममा थिए । उनीमाथि लागेको अरोपबारे सिधाकुराले प्रश्न गर्दा गुरुङ परिवारका अत्यन्तै गोप्य घटनाक्रम खुलाउँदै विषय वस्तुमा प्रवेश गरे । आफूले सहकारी ठगेको भन्ने आरोप मिथ्या भएको दाबी गदै उनले सहकारीको रकम हिनामिना गर्ने ज्योति गुरुङ आफ्नो पूर्वपत्नी भएको दाबी गर्दै उनको चरित्रमै प्रश्न गरे । 

सो सहकारीमा प्रबन्धकको रुपमा काम गर्ने पूर्वपत्नी त्यो ठगीको जिम्मेवार हुने सांसद गुरुङको दाबी थियो । आफ्नो घर व्यवहार सोही सहकारीको अध्यक्षका कारण बिग्रिएको भन्दै सांसद गुरुङले ठगीबाट जोगिन अध्यक्षले सबै दोष आफूलाई लगाएको उनको भनाई छ । 

‘सहकारीका अध्यक्ष कुम्भराज र तत्कालिन प्रबन्धक मेरी पूर्व श्रीमतिका कारण सहकारीमा समस्या भएको हो,’ सांसद गुरुङले भने,‘यसमा मेरो कुनै संलग्नता छैन् । मलाई मुछेर सहकारीका अध्यक्ष आफ्नो किर्ते लुकाउन कसैको उक्साहटमा लागि परेका छन् ।’

उनले आफूले छानबिनमा सरकारका निकायलाई सघाउने पनि बताए । सांसद गुरुङसँग सिधाकुराले गरेको कुराकानीको पूर्ण अंश यस्तो छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन्...

भर्खरै