नेभिगेशन
सबै कुरा

क्यानडापछि नेपाली क्रिकेट टोली अमेरिका जाने, सन्दीपले भिसा पाउनेमा पारस विश्वस्त

काठमाडौँ । क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज विदाई गरियो विदाई गरियो । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुईमहिना देश बाहिर रहने छन् । क्यानडामा एकदिवसीय म्याच सकिएपछि टि ट्वान्टी सिरिज हुनेछ । क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने छ । 

Extreme Energy

तर अमेरिकाले यसअघि टि–ट्वान्टी विश्वकप खेल्न सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपको भिसाबारे क्यानका सचिव पारस खड्काले सबै प्रक्रिया पूरा भएको जानकारी गराएका छन् । उनले लामिछानेको अमेरिकाको भिसाका बिषयमा सकारात्मक सिग्नल आएको समेत बताए ।  ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ, यो विषय सकियो’, खड्काले भने, ‘ हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

नेपाली टोलीका लेगस्पीनर सन्दीप लामिछाने अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल देखाउने र  नेपालको एकदिवसीय खेलमा करिब एकबर्षपछि फर्कने मौका पाएको भन्दै यसको सदूपयोग गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...