नेभिगेशन
सबै कुरा

सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जाले पाए सफाई

काठमाडौं । सगरमाथामा गत आरोहण सिजनका बेला डोरी काटेका भिडियो सार्वजनिक गरी सगरमाथाका प्रतिष्ठामा आँच पुर्याएको भन्दै सरकारको छानबिनमा परेको प्रख्यात आरोहि निर्मल पुर्जा(निम्सदाइ)लाई पर्यटन विभागले सचेत सहित सफाई दिएको छ । पुर्जाले अज्ञात समुहले सगरमाथा चढ्न प्रयोग हुने डोरी काटिदिएको भन्दै भिडियो सार्वजनिक गरेका थिए । गत मे महिनामा सगरमाथा आरोहणको क्रममा क्याम्प ४ र बाल्कोनीको बीचमा डोरी चुडिएको पुर्जाले भिडियो देखाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भिडियोमा डोरी चुँडीएको देखिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि सगरमाथाबारे भ्रम फैलाएको भन्दै  पर्यटन विभागले छानबिन सुरु गरेको थियो । विभागले  छानबिनपछि पुर्जामा सगरमाथा माथि भ्रम फैलाउने उदेश्य तथा खराब मनसाय नदेखिएको भन्दै  सफाई दिएको हो । 

Marvel
Extreme Energy

पुर्जाले यस विषयमा सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । सरकारलाई धन्यवाद भन्दै पुर्जाले समग्र पर्वतारोहण समुदायको सुरक्षामा सरकारी पारदर्शिता र प्रतिबद्धाप्रति आधार व्यक्त गरेका छन् । पुर्जाले लेखेका छन्,नेपाल सरकारको सत्यको पक्षमा दृढ प्रतिबद्धता र हाम्रो पर्वतीय समुदायको सुरक्षाका लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । सगरमाथामा डोरी काटिएको घटनाको सन्दर्भमा मैले र मेरा साथी आरोहीहरूले सुरक्षित र पारदर्शी पर्वतारोहण सुनिश्चित गर्न गरेको प्रयासलाई सरकारले साथ दिएको छ । मलाई यो घटनाको छानबिन पश्चात औपचारिक पत्र प्रदान गरिएको छ । म सत्यको समर्थन गर्ने सबै पर्वतारोही साथीहरूलाई नमन गर्दछु, विशेष गरी दुई पटक १४ शिखर आरोहण गरेका सानु शेर्पाजस्ता प्रमुख आरोहीहरूप्रति पनि अत्यन्तै आभारी छु ।’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...