नेभिगेशन
सबै कुरा

सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जाले पाए सफाई

काठमाडौं । सगरमाथामा गत आरोहण सिजनका बेला डोरी काटेका भिडियो सार्वजनिक गरी सगरमाथाका प्रतिष्ठामा आँच पुर्याएको भन्दै सरकारको छानबिनमा परेको प्रख्यात आरोहि निर्मल पुर्जा(निम्सदाइ)लाई पर्यटन विभागले सचेत सहित सफाई दिएको छ । पुर्जाले अज्ञात समुहले सगरमाथा चढ्न प्रयोग हुने डोरी काटिदिएको भन्दै भिडियो सार्वजनिक गरेका थिए । गत मे महिनामा सगरमाथा आरोहणको क्रममा क्याम्प ४ र बाल्कोनीको बीचमा डोरी चुडिएको पुर्जाले भिडियो देखाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भिडियोमा डोरी चुँडीएको देखिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि सगरमाथाबारे भ्रम फैलाएको भन्दै  पर्यटन विभागले छानबिन सुरु गरेको थियो । विभागले  छानबिनपछि पुर्जामा सगरमाथा माथि भ्रम फैलाउने उदेश्य तथा खराब मनसाय नदेखिएको भन्दै  सफाई दिएको हो । 

Ncell
Extreme Energy

पुर्जाले यस विषयमा सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । सरकारलाई धन्यवाद भन्दै पुर्जाले समग्र पर्वतारोहण समुदायको सुरक्षामा सरकारी पारदर्शिता र प्रतिबद्धाप्रति आधार व्यक्त गरेका छन् । पुर्जाले लेखेका छन्,नेपाल सरकारको सत्यको पक्षमा दृढ प्रतिबद्धता र हाम्रो पर्वतीय समुदायको सुरक्षाका लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । सगरमाथामा डोरी काटिएको घटनाको सन्दर्भमा मैले र मेरा साथी आरोहीहरूले सुरक्षित र पारदर्शी पर्वतारोहण सुनिश्चित गर्न गरेको प्रयासलाई सरकारले साथ दिएको छ । मलाई यो घटनाको छानबिन पश्चात औपचारिक पत्र प्रदान गरिएको छ । म सत्यको समर्थन गर्ने सबै पर्वतारोही साथीहरूलाई नमन गर्दछु, विशेष गरी दुई पटक १४ शिखर आरोहण गरेका सानु शेर्पाजस्ता प्रमुख आरोहीहरूप्रति पनि अत्यन्तै आभारी छु ।’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।

भर्खरै