नेभिगेशन
सबै कुरा

राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई एमालेको सुझाव

काठमाडौँ । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफुलाई सहि प्रमाणित गर्नका लागि राजीनामा दिएर छानविनका लागि मार्गप्रसस्त गर्न उपसभामुखलाई सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रशंगमा उपसभामुखमाथि बिभिन्न प्रश्न उठेकाले आफुलाई सही प्रमाणित गर्नका लागि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् । 

Marvel
Extreme Energy

लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफुलाई सहि प्रमाणित गर्ने बाटो पनि लोकतन्त्रमा रहेको उनले बताए । सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गराउँदै राजनीतिकर्मीमा त्यत्तिको साहस हुनुपर्छ भने । उनले भने, “राजीनामा गरेर छानबिनमा सहयोग गरेमा के फरक पर्छ ? प्रश्न उठ्नु र जवाफदेहिताको माग गर्नु लोकतन्त्र विरोधी कुरा होइन । व्यक्तिको पदीय दायित्व र आचारणमाथि प्रश्न उठिसकेपछि त्यसलाई गलत प्रमाणित गर्न सक्नुपर्छ, सबैका निम्ति पारदर्शिता अपनाउन राजीनामा दिएर सहयोग गरे उपयुक्त हुन्छ ।”

उनले सांसदहरुमाथि नै प्रश्न उठ्दा के गर्ने भनेर कानून बनाउनुपर्नेमा जोड दिए । उपसभामुखका बारेमा सरकारले कुनै निर्णय गर्यो की गरेन भन्ने कुरा सरकारको बिसनेस नभई संसदको बिजनेस भएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...