नेभिगेशन
सबै कुरा

उपसभामुख हटाउने सत्तारुढ दलको छलफलको माओवादीद्वारा विरोध, प्रतिरोध गर्ने चेतावनी   

काठमाडौं । सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विरोध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै माओवादीका सांसदहरुले उपसभामुखलाई पदबाट हटाउन लागिएको समाचारमा देखिएको भन्दै वास्तवमै हटाउन खोजिएको भए माओवादीले प्रतिवाद गर्ने जनाएका हुन्  ।

Ncell
Extreme Energy

माओवादीका प्रमुख सचेतक  हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने जनाउँदै उनले भने , ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु।

त्यस्तै माओवादीका सांसद हितबहादुर तामाङले पनि उपसभामुखलाई हटाउने कुरा माओवादीलाई  स्वीकार्य नहुने बताए । उनले भने, उपसभामुखलाई महाअभियोग लगाउने कुरा चर्चामा आएको छ। यो हामीलाई स्वीकार्य छैन। यो गलत कमद नचाल्न सरकारलाई आग्रह गर्छु।

माओवादीकै सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न चुनौती दिए । 

यस्तै सांसद देवेन्द्र पौडेलले पनि उपसभामुखको पक्षमा बचाउ गरे । उपसभामुखलाई नैतिकताको प्रश्न उठाएर अपमान गर्न खोजेका भन्दै पौडेलले भने,'यो भन्दा पहिला गएकाहरुले के के गर्नुभएको छ त्यसको पनि हिसाबकिताब लिएर अघि बढ्नु पर्छ'। 

उपसभामुखको पक्षमा माओवादीले सरकारको प्रतिरोध गर्ने बताउँदै पौडेलले भने,' सत्तामा त हामी सबै छौँ यो धेरै समयमा, अनि उपसभामुखलाई नैतिकताको प्रश्न उठाएर अपमान गर्न खोज्ने ?', म उपसभामुखलाई भन्न चाहन्छुु, हामी छौ तपाईको साथमा, हामी प्रतिवाद गर्छौ ' एउटा जिम्मेवारी पुर्वक केहि भुमीका निर्वाह गर्छु भनेर आएको नारीलाई अपमान गर्ने कुरा नगर्न अनुरोध गर्छु। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।

भर्खरै