नेभिगेशन
सबै कुरा

उपसभामुख हटाउने सत्तारुढ दलको छलफलको माओवादीद्वारा विरोध, प्रतिरोध गर्ने चेतावनी   

काठमाडौं । सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विरोध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै माओवादीका सांसदहरुले उपसभामुखलाई पदबाट हटाउन लागिएको समाचारमा देखिएको भन्दै वास्तवमै हटाउन खोजिएको भए माओवादीले प्रतिवाद गर्ने जनाएका हुन्  ।

Marvel
Extreme Energy

माओवादीका प्रमुख सचेतक  हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने जनाउँदै उनले भने , ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु।

त्यस्तै माओवादीका सांसद हितबहादुर तामाङले पनि उपसभामुखलाई हटाउने कुरा माओवादीलाई  स्वीकार्य नहुने बताए । उनले भने, उपसभामुखलाई महाअभियोग लगाउने कुरा चर्चामा आएको छ। यो हामीलाई स्वीकार्य छैन। यो गलत कमद नचाल्न सरकारलाई आग्रह गर्छु।

माओवादीकै सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न चुनौती दिए । 

यस्तै सांसद देवेन्द्र पौडेलले पनि उपसभामुखको पक्षमा बचाउ गरे । उपसभामुखलाई नैतिकताको प्रश्न उठाएर अपमान गर्न खोजेका भन्दै पौडेलले भने,'यो भन्दा पहिला गएकाहरुले के के गर्नुभएको छ त्यसको पनि हिसाबकिताब लिएर अघि बढ्नु पर्छ'। 

उपसभामुखको पक्षमा माओवादीले सरकारको प्रतिरोध गर्ने बताउँदै पौडेलले भने,' सत्तामा त हामी सबै छौँ यो धेरै समयमा, अनि उपसभामुखलाई नैतिकताको प्रश्न उठाएर अपमान गर्न खोज्ने ?', म उपसभामुखलाई भन्न चाहन्छुु, हामी छौ तपाईको साथमा, हामी प्रतिवाद गर्छौ ' एउटा जिम्मेवारी पुर्वक केहि भुमीका निर्वाह गर्छु भनेर आएको नारीलाई अपमान गर्ने कुरा नगर्न अनुरोध गर्छु। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...