नेभिगेशन
सबै कुरा

एआइजीपी श्यामलाल ज्ञवालीको बिदाइ

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) श्यामलाल ज्ञवालीलाई आज विदाई गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले ज्ञवालीले सङ्गठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, सङ्गठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका काम गरेको बताए । 

Ncell
Extreme Energy

अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापन, नीतिनिर्माण, सङ्गठनिक सुदृढीकरणका साथै सङ्गठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा ज्ञवालीले पु¥याएको अतुलनीय योगदानको उनले चर्चा गरे । महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीलाई मायाको चिनो पनि प्रदान गरेका थिए । 

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले आगामी दिनमा पनि सङ्गठनलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । ज्ञवाली विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी दर्जागत उमेरहदका कारण भदौ २६ गते सेवानिवृत्त हुन लागेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।

भर्खरै