नेभिगेशन
सबै कुरा

उपसभामुख इन्दिरा राना गलत व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको पत्रको विषयमा राजनीतक दाउपेच गर्न लागिएको आरोप लगाएको छ । आज सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले सभामुखको विषयमा उठेका प्रश्नबारे छलफल गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्य रनजनीतिक दलको कदमपछि रास्वपाले कदम चाल्ने रास्वपा सह प्रवक्ता मनिष झा ले जानकारी दिए । ‘अहिले नै हामी के गर्ने भन्न सक्दैनौँ, हामी पर्ख र हेरको अवस्थामा छौँ । अर्को कुरा सरोकार छ । आक्रामक रुपमा हामी तयार छौँ । आएको परिस्थितिलाई कसरी सामना गर्ने, कसरी प्रतिकार गर्ने भन्ने कुरामा हाम्रो पूर्ण तयारी र सरोकार छ । उताको परिस्थिति के हुन्छ त्यो अनुसार प्रतिक्रिया जनाउँछौँ ।’

Ncell
Extreme Energy

त्यस्तै झाले उपसभामुखले लेखेको पत्रलाई लामो समय लुकाएर राजानीतिक दाउपेच रचिएको आरोप लागाए । ‘त्यो पत्रलाई १८÷१९ महिनासम्म लुकाएर किन राखेको ? राजनीतिक दनउपेचमा प्रयोग पाइन्छ कि भनेर त होला नी ? गलत थियो भने त १८ महिना अगाडि नै गलत थियो नि । आज आएर गलत भएको हो र यो कुरा ?’ झा ले प्रश्न गरे । 

त्यस्तै रास्वपाले उपसभामुख इन्दिरा रानाप्रति गर्व भएको पनि बताएको छ । ‘व्यक्तिगत रुपमा हामीलाई इन्दिरा रानाप्रति गर्व छ । उनी गलत व्यक्ति होइनन्’, झा ले भने, ‘एउटा बेचिएको चेली आज आएर सदनको त्यो सम्मानित पदमा पुग्नुभएकोमा हामीलाई गर्व छ की हामीले त्यस्तो व्यक्तिलाई त्त्यो ठाउँमा पुर्याउन काम गर्यौँ । तर हामीलाई आज लज्जा हुँदै छ कि उहाँ त्यहाँ पुगेको देखि सहेनन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।