नेभिगेशन
सबै कुरा

अमेरिकामा ह्यारिस र ट्रम्पबीच भएकाे पहिलो प्रत्यक्ष राष्ट्रपतीय बहसमा के के विषयमा कुरा भए ?

अमेरिकाको राष्ट्रपतीय बहसमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलवार राति पहिलो पटक आमने सामने भएका छन् ।  बहसमा ह्यारिस र ट्रम्पबीच अर्थव्यवस्था, गर्भपतन, आप्रवासन, प्यालेस्टिनी–इजरायली द्वन्द्व, युक्रेन सङ्कट, अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनलगायत प्रमुख अमेरिकी बिषयमा केन्द्रित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बहसमा दुबै नेताले देशभरिका मतदातालाई आफ्नो दललाई मतदान गर्न आग्रह गरेका थिए भने करिव ९० मिनेटसम्म चलेको बहसपछि उनीहरूले हात मिलाएर आपसमा विदा भएका थिए । 

Ncell
Extreme Energy

एबीसी न्यूजले आयोजना गरेको यो बहस जुनमा राष्ट्रपति जो बाइडेन र ट्रम्पबीचको पहिलो बहसपछि सन् २०२४ को निर्वाचनसम्बन्धी दोस्रो बहस हो भने ह्यारिससँगको पहिलो हो ।  बहसमा ट्रम्पको कठोर आरोपमा राष्ट्रपति बाइडेनको फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटिक दलका नेता, कार्यकर्ता, शुभेच्छुकबाट नै उम्मेदवारी त्याग्नका लागि आएको बढ्दो दबाबपछि बाइडेन आसन्न राष्ट्रपतीय चुनावको दौडबाट बाहिरिएको घोषणा गरेका थिए ।

राष्ट्रपतीय निर्वाचनको करिव दुई महिना मात्र बाँकी रहेको अवस्थामा भएको यो बहसले कडा प्रतिस्पर्धाको अवस्था देखाएको छ । ह्यारिस र ट्रम्पले नोभेम्बर ५ मा हुने चुनावपछि एकअर्काको जितपछिका योजना र कार्यक्रमबारे बहसमा चर्चा गरेका थिए ।

चार वर्ष अघिको तुलनामा अमेरिकीहरूको अवस्था राम्रो छ कि छैन भनेर सोधिएको प्रश्नमा ह्यारिसले प्रत्यक्ष जवाफ दिइनन् । उनले ट्रम्पले डेमोक्र्याटहरूलाई ‘महामन्दी’पछिको सबैभन्दा खराब बेरोजगारी’ छोडेको आरोप लगाएकी थिइन् ।  

रिपब्लिकन नेता ट्रम्पले भने, “यो दाबी भ्रामक छ । सन् २०२० को अप्रिलमा कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दीका कारण बेरोजगारी १४.८ प्रतिशत पुगेको थियो । मैले कार्यालय छोड्दासम्म बेरोजगारी दर ६.४ प्रतिशत कायम भइसकेको थियो ।” 

ह्यारिसले राष्ट्रपतिमा निर्वाचित भएमा प्रत्येक कर तिर्ने उमेरका बच्चाका लागि छ हजार डलरसम्म कर छुट र साना व्यवसायका लागि ५० हजार अमेरिकी डलर कर छुट दिने बताएकी छन् । उनले ट्रम्पले अर्बपति र कर्पोरेसनलाई अरु कोहीभन्दा बढी प्राथमिकता दिने दाबी गर्दै पूर्व राष्ट्रपति ट्रम्पले बिक्री करको योजना बनाएको र यसले आम अमेरिकीलाई नोक्सान पुर्याउने दाबी गरेकी थिइन् ।

ह्यारिसको कुरा काट्दै ट्रम्पले राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी इतिहासकै सबैभन्दा उच्च मुद्रास्फीतिको सुरुवात गरेको, अहिले २१ प्रतिशत र केही वस्तुमा ६० प्रतिशतसम्म मुद्रास्फीति भएको बताए । 

प्रतिवादमा ह्यारिसले भन्नुभयो, “यो गलत हो । हाल मुद्रास्फीति २.९ प्रतिशत रहेको छ । बाइडेनको कार्यकालमा सन् २०२२ मा मुद्रास्फीति ९.१ प्रतिशत पुगेको तर यो सन् १९२० को ऐतिहासिक उच्च २३.७ प्रतिशतभन्दा निकै कम रहेको थियो ।”

बहसका क्रममा ट्रम्पले आफूले बिक्री कर लगाउने कुरा अस्वीकार गरे पनि अन्य देशले न्यूनतम १० प्रतिशतका दरले व्यापार शुल्क तिर्नुपर्ने बताए । विज्ञहरूका अनुसार अतिरिक्त महशुल उपभोक्तामाथि लगाइने करको मात्रा हो जसले उनीहरूलाई लागत हस्तान्तरण हुनेहुँदा अतिरिक्त भुक्तानी गर्न मान्दैनन् ।

ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गरिन् । त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाइन् ।

ट्रम्पले बारम्बार नीतिगत प्रश्नलाई आप्रवासनसँग जोड्दै अमेरिका ‘ओइरिने आप्रवासीहरूले अमेरिकाका कुकुरको मासु खाने गरेका’ दाबी गरे । विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाइन् । तर ट्रम्पले पछिल्ला केही वर्षका देखिएका भूराजनीतिक सङ्कट आफू नेतृत्वमा भएको भए नहुने दाबी गरेका थिए । 

बहसमा ह्यारिसले इजरायलको प्रतिरक्षाको अधिकारलाई आफूले सधैँ समर्थन गर्ने तर प्यालेस्टिनीहरूको पनि सुरक्षित भएर आत्मसम्मानका साथ बाँच्ने हक रहेको बताएकी थिइन् भने ट्रम्पले ह्यारिसलाई इजरायलले घृणा गर्ने गरेको आरोप लगाएका थिए । 

बहस अन्त्यतिर ह्यारिसले आफू भविष्यप्रति सचेत हुँदै केन्द्रित रहेको बताएकी थिइन् । त्यसको प्रतिकार गर्दै ट्रम्पले यदि ह्यारिससँग यो योजना भएको भए उनले अहिले उपराष्ट्रपतिकै रूपमा त्यसलाई कार्यान्वयन गरेको हुनुपर्ने बताएका थिए । 

गर्भपतन को पहुँच को ग्यारेन्टी गर्ने नजीर ‘रो भर्सेस वेड’लाई उल्टाउने तीन परम्परावादी न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने ट्रम्पले डेमोक्र्याट्सलाई यस मुद्दामा ‘कट्टरपन्थी’ भन्दै उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जले ‘जन्मपछि मृत्युदण्ड’ को पक्षधरता औल्याएको बताए। उनले भने, “यो मृत्युदण्ड हो, गर्भपतन होइन । बच्चा जन्मिनु ठिक छ । तर मारिनु गलत हो । यो मेरो विचारमा गलत हो ।” 

बहसका मध्यस्थकर्ता लिन्से डेभिसले ट्रम्पलाई सच्याउँदै भने, “बच्चा जन्मिसकेपछि उसको हत्या गर्ने कानुनी व्यवस्था यो देश (अमेरिका) को कुनै पनि राज्यमा छैन । ह्यारिसले थपिन्, “अमेरिकामा कहीँ पनि एउटी महिलाले गर्भपतन गराउनका लागि गर्भधारण गरेकी छैनन् । यो त केवल सङ्कटको वैकल्पिक व्यवस्था मात्र हो ।” 

युक्रेनका बारेमा भएको एक अन्तर्वार्तामा ट्रम्पले आफूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेर युद्ध टार्न खोजेको बताएका थिए । ट्रम्पले ह्यारिसलाई ‘दूत’ को संज्ञा दिँदै भने, “यो युद्ध सुरु हुनुअघि नै अमेरिकाले ह्यारिसलाई शान्ति वार्ता गर्न पठाएको थियो। जेलेन्स्की र पुटिनसँग वार्ता गर्न पठाएको थियो । तर तीन दिनपछि युद्ध सुरु भयो।”

ह्यारिसले ट्रम्पको दाबीलाई झुटो भन्दै सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि आफूले म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीलाई भेटेको तर पुटिनलाई नभेटेको बताइन्। ह्यारिसले शान्तिको प्रयास गरेको तर आफ्ना कारण युद्ध सुरू नभएको भन्दै ट्रम्पको भनाइलाई खण्डन गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए । सान फ्रान्सिस्को सिटी हलबाटबाट सुरु भएको नेपाल डे परेड...
खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

प्योङयाङस्थित आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले देशका धेरै क्षेत्रमा विरलै देखिने प्रकारको खडेरी जारी रहेको जनाएको छ । उक्त अवस्थाले प्रारम्भिक मौसमका बालीहरूमा प्रत्यक्ष असर पारेपछि...
नाकाबन्दीले थिचिँदै इरान, बम आक्रमणभन्दा नाकाबन्दी प्रभावकारी रहेको ट्रम्पको ठहर

नाकाबन्दीले थिचिँदै इरान, बम आक्रमणभन्दा नाकाबन्दी प्रभावकारी रहेको ट्रम्पको ठहर

अमेरिकी उच्च अधिकारीहरूले इरानसँग संवादको प्रयास गरे पनि त्यहाँको शक्ति संरचनाबारे स्पष्टता नहुँदा वार्ता प्रभावकारी हुन सकेको छैन । इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्व तहमा क्षति पुगेकाले निर्णय...
दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत  शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । सिओलस्थित दूतावासका अनुसार उनले...