नेभिगेशन
सबै कुरा

बिहीबार साँझदेखि तीन दिन लगातार वर्षा हुने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताइन् । उनले भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिइन् । “उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,” उनले भनिन्, “तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।”

Marvel
Extreme Energy

महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ । “गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” जारी विशेष बुलेटिनमा भनिएको छ, “लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।”

बुलेटिनअनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ । यसैगरी दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा  अनुरोध गरको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

पदक जित्ने तयारी गर्नुस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् ।
देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्ला केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् । ती घटनामा तीन चौपायाको क्षति हुनुका साथै नौ लाख ४० हजार रुपैयाँ...
अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग आयो सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...