नेभिगेशन
सबै कुरा

चाडवाड लक्षित सहुलियत पसल असोज ७ देखि सञ्चालन हुने

काठमाडाैँ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ।

Ncell
Extreme Energy

सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो पाँच छुट पाइने छ। कर्णालीका रैथाने उत्पादन जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ।

सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात र डिडिसी घ्यूमा प्रतिलिटर १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ।

उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ। साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलोसात छुट दिनेछ।

दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखि आगामी कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ।

चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ। त्यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट उपलब्ध गराइने वस्तु तथा सोको मूल्य बिक्रीकक्ष बाहिर सबैले देख्ने गरी राख्नुपर्नेछ। यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।