नेभिगेशन
सबै कुरा

आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ । अमेरिकी डलर बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४८ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो बुधबार नेपाली बजारमा युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा थियो ।

CG

यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा कायम भएको छ । त्यस्तै आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा तय भएको छ । बुधबार अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा थियो ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा रहेको छ । साउदी रियाल बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार कतारी रियालको एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको थियो ।

आजका लागि स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ९७ र बिक्रीदर एक सय तीन रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ । त्यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ रहेको छ । यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ ६ पैसा रहेको छ । त्यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३ रुपैयाँ एक पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसामा कारोबार हुनेछ ।

आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैंकले हरेक दिन विदेशी विनिमयदर तोक्ने गर्दछ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रामा अंकित सिक्काहरु नेपालमा सटही हुँदैनन् भने नेपालमा भारतीय रुपैयाँ एक सय वा सोभन्दा सानादरका मुद्रा मात्र ल्याउन÷लैजान तथा सटही गर्न पाइन्छ । 

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा वा नेपालमा आउँदा नगद अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा लैजान वा ल्याउन सक्छन् । सो भन्दा बढी नगद परिवत्र्य विदेशी मुद्रा नेपाल भित्र्याउनु परेको अवस्थामा भन्सार कार्यालयमा स्वघोषणा गरेर मात्र भित्र्याउनु पर्छ । 

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा लैजान वा नेपालमा आउँदा ल्याउन पाउने नगद नेपाली रुपैयाँको सीमा रु पाँच हजार रहेको छ । नेपाली नागरिकले स्रोत खुलेको आधारमा आफैसँग अधिकतम अमेरिकी डलर एक हजार पाँच सय वा सो बराबरको नगद परिवत्र्य विदेशी मुद्रा राख्न सक्दछन् ।

च्यातिएको, मैलिएको, झुत्रिएको, प्वाल परेको, केरमेट भएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको विदेशी नोटको सटही सम्बन्धित नोट सटही गर्ने वा नगर्ने भन्ने अधिकार राष्ट्र बैंकको सफा नोट नीतिले निर्धारण गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३...