नेभिगेशन
सबै कुरा

इन्द्रजात्राको सुरुवातसँगै काठमाडाैँकाे किलागलमा नाचिने पौराणिक नाच 'दी प्याखं' (तस्विरहरु)

काठमाडाैँ । इन्द्रजात्राको सुरुवातसँगै  काठमाडौं महानगरपालिका १८ किलागलमा  नाचिने पौराणिक नाच दी प्याखं (देवी नाच) नाचिन थालिएको छ । कायअष्टमीका दिन 'पिदने' नामको तेस्रो पूजा गरेर मुकुट, मुकुण्डो, घुँघुरा र पोशाकसहितको नृत्य गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रावण शुल्क चौथीका दिन पहिलो पूजा गरेर नृत्य प्रशिक्षण सुरु हुन्छ । भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गरिन्छ । यसलाई 'घँगलासि' भनिन्छ । यसमा पात्रहरुलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिएको छ । 

Ncell
Extreme Energy


यो नृत्य इन्द्रध्वज उत्थान गर्नुअगाडि बसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डवलीमा नचाइन्छ । यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

इन्द्रजात्रा (क्वनेयाः) का दिन जैसीदेवल अगाडिको डवलीमा नाच नाचिन्छ । कुमारीको रथ यस ठाउँमा आएपछि रथ रोकेर कुमारीलाई पनि नाच देखाउने चलन छ । यसैगरी येँया पूर्णिमाका दिन बाङ्गेमुढा र इन्द्रचोकको डवलीमा नचाइन्छ । जात्राको अन्तिम दिन नानिचायाः का दिन किलागल डवलीमा अन्तिम पटक प्रदर्शन गरिन्छ । त्यसपछि एक बर्ष यो नाच देखाइँदैन । 

देवी पात्रहरुमा भैरव, कुमारी, चण्डी, दैत्य, कवं (कङ्काल), बेताः (बेताल) र ख्याः (ख्याक) हुन्छन् । नाचले असत्य माथि सधै सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । अन्य परम्परागत नाचहरुमा दैत्यको वध गरेको देखाइन्छ । यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ । अन्य नाचमा बलि चढाइन्छ भने यस नाचमा त्यस्तो बलि नदिने हुनाले यस नाच लाई शान्त नाचको रूपमा पनि लिइने यो नाचमा भैरवको पात्रमा नाच्ने बद्री डंगोलले बताए ।

इन्द्रजात्राका अवसरमा नचाइने नाचहरुमध्ये यो एउटा हो । पुलुकिसी, आकाश भैरव, लाखे जस्ता नाच कुमारीको रथ अगाडि पछाडि नचाइन्छ भने यो देवी नाच विभिन्न डवलीहरुमा मात्र नचाइन्छ । विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने कामनासहित प्रस्तुत गरिन्छ ।






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।