नेभिगेशन
सबै कुरा

सी–चेक सकेर इटालीबाट काठमाडौँ फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी जहाज

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौँ आइपुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक)का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

Ncell
Extreme Energy

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० (अन्नपूर्ण) विमान आज बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौँ अवतरण गरेको छ । योसँगै लामो दूरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने विश्वास छ ।    

निगमको अर्को वाइड बडी विमान पनि सी–चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८) मा इटलीमा मर्मतका लागि पठाएको थियो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए । एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख  गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।