नेभिगेशन
सबै कुरा

संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्याउन उपसभामुख हटाउने षडयन्त्र भईरहेको छ–रास्वपा

काठमडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने काठमाडौँमा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने र भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रुपमा भइरहेको र प्रतिनिधिहरुको टुङ्गो लागेको जानकारी दिए । उनले राष्ट्रिय भेला महाधिवेशनको समेत तयारीका लागि आयोजना गरिएको र महाधिवेशनका बिषयमा आउने प्रश्नहरुको जवाफ भेलामार्फत दिने बताए । 

Ncell
Extreme Energy

त्यस्तै बुर्लाकोटीले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षडयन्त्र भइरहेको बताए । पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको बिरोध गर्ने उनको भनाइ छ ।

राष्ट्रिय भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदन पेश गरिने र सबै प्रदेशका सभापतिहरुले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने रास्वपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।