नेभिगेशन
सबै कुरा

बेल्जियममा चुनाव लड्दै नेपाली

सन्तोष न्यौपाने । बेल्जियम । बेल्जियमको ब्रुज शहर युरोपकै ऐतिहासिक र विश्वको धेरै घुमिने शहरहरू मध्येको एक हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बर्सेनी ९० लाख पर्यटकले भ्रमण गर्ने यो धेरैका लागि आकर्षणको केन्द्र हो । यहाँका हरेक गतिविधि र विकासका काम विश्वका लागि प्रेरणा र उदाहरण हुने हुँदा यसको छुट्टै महत्व छ । पछिल्लो २५ वर्ष देखि ब्रुज शहर नेपालीहरूका लागि पनि स्थायी बसोबासको थलो बनेको छ । सुरुआती समयमा छिटफुट मात्रामा रहेका नेपालीहरू यतिबेला भने ब्रुज शहरमा हुने निर्वाचनमै प्रत्याशीका रुपमा दाबेदारी गर्ने हैसियतमा पुगेका छन् । आज हामी ब्रुज शहरमा हुन गइरहेको स्थानीय निर्वाचनका प्रत्याशी बनेका नेपालीहरुबारे चर्चा गर्दैछौँ ।   

अघिल्लो पटक भएको नगरपालिकाको निर्वाचनमा नेपाली मूलका युवा उम्मेदवार कुशल श्रेष्ठले एन भीआ पार्टीबाट निर्वाचन लडेका थिए । भलै उनले जित हासिल गर्न भने सकेनन् । तर, पनि नेपालीहरूले निर्वाचन लड्ने आँट भने गुमाएनन् । नयाँ कार्यकालका लागि ब्रुजमा नगरपालिकाको निर्वाचन आगामी अक्टोबर १३ तारिखमा हुँदैछ । 

यो निर्वाचनमा ३ जना नेपालीहरू फरक फरक पार्टीबाट प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । भूर ओइत पार्टीबाट रमेश कंडेल, सीडी एन्ड भी पार्टीबाट प्रज्ञा तिमिल्सिना र भुर ब्रुज पार्टीबाट घनश्याम काफ्ले चुनावी प्रतिस्पर्धामा छन् । 

रमेश विगत लामो समय देखि बेल्जियममा बसोबास गर्दै आएका छन् । गैर आवासीय नेपाली संघ बेल्जियम, हाम्रो क्लब ब्रुज, हिमालयन सोसाइटी बेल्जियम लगायत नेपाली सङ्घसंस्थाहरूमा काम गरेको अनुभव उनीसँग छ । बेल्जियमको निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका उनले प्रतिनिधित्व गर्ने पार्टी सोसलिस्ट पार्टीको रुपमा परिचित छ । 

निर्वाचन जितेको खण्डमा नेपाली समुदायको हकहितको लागि काम गर्ने उनले चुनावी प्रतिबद्धता सुनाए । ‘हाम्रो पार्टीबाट नगर प्रमुख पदका उम्मेदवार पाब्लो पनि नेपाल गएका छन्, नेपालीलाई पनि माया गर्ने भएको हुँदा नेपालीहरूको समस्यालाई राख्ने र समाधान गर्न सजिलो हुनेछ,’ कंडेलले सिधाकुरासँग भने ।  उनले आफूलाई मतदान गरिदिन पनि आग्रह गरे । 

नयाँ निर्वाचनका लागि यो नगरपालिका कै कान्छी उम्मेदवार हुन नेपाली मूलकी प्रज्ञा तिमिल्सिना । २१ वर्षीय उनी चुनावी दौडको रस्साकस्सीमा देखिन्छ । प्रज्ञा उठेको पार्टीले युवाहरूलाई प्राथमिकता राखेर चुनावी घोषणा अघि सारेको छ । अहिलेका नगर प्रमुख पनि उनकै पार्टीका हुन् । पोखरा चिप्लेढुंगामा जन्मिएकी प्रज्ञा ८ वर्षको हुँदा बेल्जियम आयका कि थिइन् । बुबा र आमाको प्रेरणाबाट आफू राजनीतिमा लागेको प्रज्ञा बताउँछिन् । 

‘कान्छी उम्मेदवारका रुपमा नेपाली मूलका बसिन्दाहरुको प्रतिनिधित्व गर्दै निर्वाचनमा उठ्नु सबै नेपालीहरूको लागि गौरवको विषय हो,’ प्रज्ञा भन्छिन ‘हरेक नेपालीहरूको विविध आयामलाई अगाडी बढाउदै नेपाली समुदाय को हकहितको लागि चुनाब जिते पनि नाजितेपनी लागि पर्नेछु ।’ 

बेल्जियमको प्रमुख पर्यटकीय सहर र यहाँ बसोबास गर्ने नेपाली समुदायको लागि यी खबरहरू गर्व लायक हुन् ।  उनीहरुले चुनाब जिते पनि नजिते पनि सबै नेपालीको लागि यो राम्रो पक्ष हो । नेपालीहरूको संख्या बृद्धिसंगै १४ वर्ष अगाडि एभरेस्ट नेपाली समाज ब्रुज स्थापना भएको थियो । समाजले बिभिन्न कार्यक्रम गर्दै आएको छ । एभरेस्ट नेपाली समाज ब्रुजका अध्यक्ष शिव तिम्सिना निर्वाचनमा नेपालीहरूको उम्मेदवारीले आफु खुसी भएको बताउँछन् ।

‘हाम्रो लागि खुशीको कुरा हो । तर, सबैसँग छलफल गरेर एक जना उम्मेदवार मात्रै उठाउन सकेको भए हामीले ढुक्कले जिताउन सक्थ्यौँ ’ उनले भने । सबै सक्षम उम्मेदवार भएको हुनाले उहाँहरुको नेपाली समुदायमा उत्कृष्ठ योगदान रहने विश्वास लिएको पनि तिम्सिनाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।

भर्खरै