नेभिगेशन
सबै कुरा

बेल्जियममा चुनाव लड्दै नेपाली

सन्तोष न्यौपाने । बेल्जियम । बेल्जियमको ब्रुज शहर युरोपकै ऐतिहासिक र विश्वको धेरै घुमिने शहरहरू मध्येको एक हो ।


City Express

बर्सेनी ९० लाख पर्यटकले भ्रमण गर्ने यो धेरैका लागि आकर्षणको केन्द्र हो । यहाँका हरेक गतिविधि र विकासका काम विश्वका लागि प्रेरणा र उदाहरण हुने हुँदा यसको छुट्टै महत्व छ । पछिल्लो २५ वर्ष देखि ब्रुज शहर नेपालीहरूका लागि पनि स्थायी बसोबासको थलो बनेको छ । सुरुआती समयमा छिटफुट मात्रामा रहेका नेपालीहरू यतिबेला भने ब्रुज शहरमा हुने निर्वाचनमै प्रत्याशीका रुपमा दाबेदारी गर्ने हैसियतमा पुगेका छन् । आज हामी ब्रुज शहरमा हुन गइरहेको स्थानीय निर्वाचनका प्रत्याशी बनेका नेपालीहरुबारे चर्चा गर्दैछौँ ।   

अघिल्लो पटक भएको नगरपालिकाको निर्वाचनमा नेपाली मूलका युवा उम्मेदवार कुशल श्रेष्ठले एन भीआ पार्टीबाट निर्वाचन लडेका थिए । भलै उनले जित हासिल गर्न भने सकेनन् । तर, पनि नेपालीहरूले निर्वाचन लड्ने आँट भने गुमाएनन् । नयाँ कार्यकालका लागि ब्रुजमा नगरपालिकाको निर्वाचन आगामी अक्टोबर १३ तारिखमा हुँदैछ । 

यो निर्वाचनमा ३ जना नेपालीहरू फरक फरक पार्टीबाट प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । भूर ओइत पार्टीबाट रमेश कंडेल, सीडी एन्ड भी पार्टीबाट प्रज्ञा तिमिल्सिना र भुर ब्रुज पार्टीबाट घनश्याम काफ्ले चुनावी प्रतिस्पर्धामा छन् । 

रमेश विगत लामो समय देखि बेल्जियममा बसोबास गर्दै आएका छन् । गैर आवासीय नेपाली संघ बेल्जियम, हाम्रो क्लब ब्रुज, हिमालयन सोसाइटी बेल्जियम लगायत नेपाली सङ्घसंस्थाहरूमा काम गरेको अनुभव उनीसँग छ । बेल्जियमको निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका उनले प्रतिनिधित्व गर्ने पार्टी सोसलिस्ट पार्टीको रुपमा परिचित छ । 

निर्वाचन जितेको खण्डमा नेपाली समुदायको हकहितको लागि काम गर्ने उनले चुनावी प्रतिबद्धता सुनाए । ‘हाम्रो पार्टीबाट नगर प्रमुख पदका उम्मेदवार पाब्लो पनि नेपाल गएका छन्, नेपालीलाई पनि माया गर्ने भएको हुँदा नेपालीहरूको समस्यालाई राख्ने र समाधान गर्न सजिलो हुनेछ,’ कंडेलले सिधाकुरासँग भने ।  उनले आफूलाई मतदान गरिदिन पनि आग्रह गरे । 

नयाँ निर्वाचनका लागि यो नगरपालिका कै कान्छी उम्मेदवार हुन नेपाली मूलकी प्रज्ञा तिमिल्सिना । २१ वर्षीय उनी चुनावी दौडको रस्साकस्सीमा देखिन्छ । प्रज्ञा उठेको पार्टीले युवाहरूलाई प्राथमिकता राखेर चुनावी घोषणा अघि सारेको छ । अहिलेका नगर प्रमुख पनि उनकै पार्टीका हुन् । पोखरा चिप्लेढुंगामा जन्मिएकी प्रज्ञा ८ वर्षको हुँदा बेल्जियम आयका कि थिइन् । बुबा र आमाको प्रेरणाबाट आफू राजनीतिमा लागेको प्रज्ञा बताउँछिन् । 

‘कान्छी उम्मेदवारका रुपमा नेपाली मूलका बसिन्दाहरुको प्रतिनिधित्व गर्दै निर्वाचनमा उठ्नु सबै नेपालीहरूको लागि गौरवको विषय हो,’ प्रज्ञा भन्छिन ‘हरेक नेपालीहरूको विविध आयामलाई अगाडी बढाउदै नेपाली समुदाय को हकहितको लागि चुनाब जिते पनि नाजितेपनी लागि पर्नेछु ।’ 

बेल्जियमको प्रमुख पर्यटकीय सहर र यहाँ बसोबास गर्ने नेपाली समुदायको लागि यी खबरहरू गर्व लायक हुन् ।  उनीहरुले चुनाब जिते पनि नजिते पनि सबै नेपालीको लागि यो राम्रो पक्ष हो । नेपालीहरूको संख्या बृद्धिसंगै १४ वर्ष अगाडि एभरेस्ट नेपाली समाज ब्रुज स्थापना भएको थियो । समाजले बिभिन्न कार्यक्रम गर्दै आएको छ । एभरेस्ट नेपाली समाज ब्रुजका अध्यक्ष शिव तिम्सिना निर्वाचनमा नेपालीहरूको उम्मेदवारीले आफु खुसी भएको बताउँछन् ।

‘हाम्रो लागि खुशीको कुरा हो । तर, सबैसँग छलफल गरेर एक जना उम्मेदवार मात्रै उठाउन सकेको भए हामीले ढुक्कले जिताउन सक्थ्यौँ ’ उनले भने । सबै सक्षम उम्मेदवार भएको हुनाले उहाँहरुको नेपाली समुदायमा उत्कृष्ठ योगदान रहने विश्वास लिएको पनि तिम्सिनाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको...
फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३...
कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा मिथानोल मिसिएको मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको कुवेतस्थित सञ्चारमाध्यमहरुले जनाएको छन् । जस मध्ये १६ जना नेपाली रहेको पत्रकार महासंघ कुवेत शाखाले जनाएको छ ।...
कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतस्थित नेपाली दूतावासका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार पछिल्लो तीनदिनमा मृत्युभएका २३ जना मध्ये ९ जना नेपाली रहेका छन् । यस्तै १५ जना नेपालीको उपचार भैरहेको जनाइएको छ...