नेभिगेशन
सबै कुरा

उदयपुरको आमाछोरा हत्या प्रकरणः एक सातादेखि ठोस सुराकबिहिन प्रहरी

उदयपुर । उदयपुरको कटारी १० सोरुङ्ग छविसेमा गत हप्ता भएको एक महिला र बालकको हत्या घटनामा प्रहरीले अहिलेसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन। अन्दाजी ४० वर्षिय निर्मला थापा र छोरा ६ वर्षिय आरुस थापा लाई गत साता भदौ १९ गते बुधबार राति हत्या गरिएको अवस्थामामा बिहान घर भित्रै मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले बताए। आफ्नै घर भित्र रगतले लत्पतिएको अवस्थामा शव भेटिएको थियो। 

घटनाको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी राजन चापागाईलाई घटना भएको एक साता सम्म हत्यारा पत्ता लागेन नी भनेर सीधाकुराले सोधेको प्रश्नमा डिएसपि  चापागाईले भने ‘घटना बारे हामी अनुसन्धानमा छौँ अरू केही सोध्नु परे जिल्लामा एसपि लाई सोध्नु होला ।’  प्रारम्भिक अनुसन्धानका आधारमा, प्रहरीले हत्याको कारण र संलग्न व्यक्तिहरूको खोजीमा विभिन्न कसरत गरिरहेको छ, तर हालसम्म कुनै ठोस सुराग प्राप्त नभएको बताइएको छ ।

CG

घटनास्थलको निरीक्षण र संलग्न व्यक्तिहरूसँगको सोधपुछपछि, प्रहरीले केही सम्भावित शंकास्पद व्यक्तिहरूलाई निगरानी तथा अनुसन्धान समेत गरिरहेको छ। तर, उक्त व्यक्तिहरूको संलग्नता पुष्टि गर्न सकिएको छैन। यस घटनाको विषयमा स्थानीय समुदायले चिन्ता प्रकट गर्दै, प्रहरी प्रशासनले छिटो र प्रभावकारी अनुसन्धान गर्नु पर्ने हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्नु पर्ने बताएका छन्।

हत्या भएको एक साता बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । एक साता सम्म हत्यारा पत्ता नलाग्दा स्थानिय तर्सित बनेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि हरिहरनाथ योगीका अनुसार हत्याराको खोजीमा सम्पूर्ण प्रयास प्रहरीले गरिरहेको छ । उनले भने, ‘अनुसन्धानमा विभिन्न तर्किक पक्षहरूलाई ध्यानमा राख्दै खोजी कार्य भइरहेको छ।’ यसैगरी प्रहरीले थप सहयोगको लागि सर्वसाधारणलाई अपील गरेको बताए ।

मृतकका श्रीमान अशोक थापा अर्की श्रीमती लिएर विगत ३ बर्ष देखि भारतको नयाँ दिल्लीमा बस्दै आएको वडा अध्यक्ष क्षेत्र बहादुर खड्काले बताए । खड्काका आुसार श्रीमानले अर्की श्रीमती लिएर दिल्ली गएपछि निर्मलाले आफ्नो गुजारा चलाउन सामान्य पसल गरेर गाउँमै बस्दै आएकी थिइन् । 

धारिलो हतियारले काटेको अवस्थामा भेटिएको शव कटारी अस्पतालमा पोस्टमार्टम गरी कटारीकै तावा खोलामा दाहसंस्कार गरिएको थियो । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय ,तथा प्रदेश प्रहरी कार्यालय बाट प्रहरी अधिकारी हरू खटिएर अनुसनधान भइरहेको एसपी योगीले बताए। घटनास्थल कटारी बजारबाट ३२ किलोमीटर उत्तरी पहाडी भेगमा पर्दछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...