नेभिगेशन
सबै कुरा

उदयपुरको आमाछोरा हत्या प्रकरणः एक सातादेखि ठोस सुराकबिहिन प्रहरी

उदयपुर । उदयपुरको कटारी १० सोरुङ्ग छविसेमा गत हप्ता भएको एक महिला र बालकको हत्या घटनामा प्रहरीले अहिलेसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन। अन्दाजी ४० वर्षिय निर्मला थापा र छोरा ६ वर्षिय आरुस थापा लाई गत साता भदौ १९ गते बुधबार राति हत्या गरिएको अवस्थामामा बिहान घर भित्रै मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले बताए। आफ्नै घर भित्र रगतले लत्पतिएको अवस्थामा शव भेटिएको थियो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनाको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी राजन चापागाईलाई घटना भएको एक साता सम्म हत्यारा पत्ता लागेन नी भनेर सीधाकुराले सोधेको प्रश्नमा डिएसपि  चापागाईले भने ‘घटना बारे हामी अनुसन्धानमा छौँ अरू केही सोध्नु परे जिल्लामा एसपि लाई सोध्नु होला ।’  प्रारम्भिक अनुसन्धानका आधारमा, प्रहरीले हत्याको कारण र संलग्न व्यक्तिहरूको खोजीमा विभिन्न कसरत गरिरहेको छ, तर हालसम्म कुनै ठोस सुराग प्राप्त नभएको बताइएको छ ।

Ncell
Extreme Energy

घटनास्थलको निरीक्षण र संलग्न व्यक्तिहरूसँगको सोधपुछपछि, प्रहरीले केही सम्भावित शंकास्पद व्यक्तिहरूलाई निगरानी तथा अनुसन्धान समेत गरिरहेको छ। तर, उक्त व्यक्तिहरूको संलग्नता पुष्टि गर्न सकिएको छैन। यस घटनाको विषयमा स्थानीय समुदायले चिन्ता प्रकट गर्दै, प्रहरी प्रशासनले छिटो र प्रभावकारी अनुसन्धान गर्नु पर्ने हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्नु पर्ने बताएका छन्।

हत्या भएको एक साता बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । एक साता सम्म हत्यारा पत्ता नलाग्दा स्थानिय तर्सित बनेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि हरिहरनाथ योगीका अनुसार हत्याराको खोजीमा सम्पूर्ण प्रयास प्रहरीले गरिरहेको छ । उनले भने, ‘अनुसन्धानमा विभिन्न तर्किक पक्षहरूलाई ध्यानमा राख्दै खोजी कार्य भइरहेको छ।’ यसैगरी प्रहरीले थप सहयोगको लागि सर्वसाधारणलाई अपील गरेको बताए ।

मृतकका श्रीमान अशोक थापा अर्की श्रीमती लिएर विगत ३ बर्ष देखि भारतको नयाँ दिल्लीमा बस्दै आएको वडा अध्यक्ष क्षेत्र बहादुर खड्काले बताए । खड्काका आुसार श्रीमानले अर्की श्रीमती लिएर दिल्ली गएपछि निर्मलाले आफ्नो गुजारा चलाउन सामान्य पसल गरेर गाउँमै बस्दै आएकी थिइन् । 

धारिलो हतियारले काटेको अवस्थामा भेटिएको शव कटारी अस्पतालमा पोस्टमार्टम गरी कटारीकै तावा खोलामा दाहसंस्कार गरिएको थियो । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय ,तथा प्रदेश प्रहरी कार्यालय बाट प्रहरी अधिकारी हरू खटिएर अनुसनधान भइरहेको एसपी योगीले बताए। घटनास्थल कटारी बजारबाट ३२ किलोमीटर उत्तरी पहाडी भेगमा पर्दछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।

भर्खरै