नेभिगेशन
सबै कुरा

नेकपा एमालेद्वारा पार्टीको निर्णायक राष्ट्रिय शक्तिको बार्षिक कार्ययोजना पारित

काठमाडौँ । नेकपा एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्तिको बार्षिक कार्ययोजना पारित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापीत गर्ने गरि तयार गरिएको बार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

Marvel
Extreme Energy

बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको उनले बताए । नियमित अधिवेशन आयोजना र व्यवस्थापन गर्ने, अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरुमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने, कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने लगाएतका बिषय कार्ययोजनामा रहेको उनले बताए । 

त्यस्तै महासचिव पोखरेलले पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, पार्टी स्कूल सञ्चालनलाई अभियानको रूपमा चलाउने सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने, कामका नयाँ क्षेत्र पहिचान गर्ने लगाएतका कार्ययोजना रहेको जानकारी दिए । महासचिव पोखरेलले उपसभामुखमा बिषयमा बाहिर चर्चामा आएजस्तो के गर्ने भन्ने निष्कर्षमा नपुगेपनि घटनक्रमलाई हेर्दा उपसभामुख पदमा बस्न नमिल्ने धारणा राखे । 

त्यस्तै सचिवालय बैठकले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) महासचिव सीताराम येचुरीको अन्तिम बिदाईका लागि पार्टीको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नयाँदिल्ली पठाउने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गगन थापाले सम्बोधनमा भनेका चार कुरा

गगन थापाले सम्बोधनमा भनेका चार कुरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।
युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

रोपका विभिन्न देशमा जीवनयापनको बढ्दो खर्च, महँगी, आवास सङ्कट, सार्वजनिक सेवामा सरकारी लगानीको कमी र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार (३१ अक्टोबर) फ्रान्समा लगातार तेस्रो सप्ताहान्त...
गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

सरकार भरोसा र विश्वास गुमाउँदै डर र भयको वातावरण सिर्जना गरेर शासन गर्न खोज्दैछः सभापति थापा