नेभिगेशन
सबै कुरा

शोकमा पुथा उत्तरगङ्गा , अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो । आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गरेकी बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाइन् । आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडाैँ बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कंदै गर्दा बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो । 

Ncell
Extreme Energy

उनीहरुसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जिप रुकुम पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भिरमा खसेको थियो ।

“गाउँपालिका उपाध्यक्ष बुढा आमालाई खुट्टाको उपचार गराएर घर फर्कंदै गर्दा दुर्घटना भएको हो,” सूचना अधिकारी पौडेलले भने, “उहाँ शी लिड्स आइकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको थियो,  शी लिड्स आइकनको टप २७ मा छनौट भएपछि उहाँले सामाजिक सञ्चालमा भोट माग्दै काठमाडौँबाट घरतर्फ लाग्नुभएको रहेछ ।”

प्रतिस्पर्धामा देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो । ‘अनलाइन’ मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका छन् । तर, उक्त सूचीबाट एकजनाको सङ्ख्या शुक्रबारबाट घटेको छ ।

सो दुर्घटनामा जिपचालक रुकुम पूर्व भूमि गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाइते छन् । उनको टाउकोमा गम्भीर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । शुक्रबार रा१ज २०० नंको पिकअप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो ।

उपाध्यक्ष बुढाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राखेकी थिइन् । उनले बुबा बितेपछि एक्लै परेकी आमालाई उपचारसँगै काठमाडौँसमेत घुमाएकी थिइन् । सात वर्षअघि उपाध्यक्ष बुढाले बुबालाई गुमाएकी थिइन् । 

उनले आमाको हेरचाह आफै गर्दै आउनुभएको थियो । आमालाई उपचार गरी सहर घुमाएर घर फर्किएकी उपाध्यक्षको जिप दुर्घटनामा आमासँगै र वडाअध्यक्षको समेत मृत्यु भएपछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।