नेभिगेशन
सबै कुरा

अधिनायकवादी राजतन्त्रको पक्षमा मान्छे यसरी उफ्रिएको देखेको थिइनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधानको विरुद्धमा ठूलो शक्ति लागेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौँमा एमालेले आयोजना गरेको स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण बिषयक कार्यशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेको बताएका हुन् । ‘सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा मान्छे यसरी उफ्रिएको मैले देखेको थिइन’ उनले भने । 

Ncell
Extreme Energy

उनले नेपालमा शान्ति प्रक्रियालाई सुव्यस्थित् हुन नदिने षड्यन्त्र गरिएको समेत बताए ।  ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरे । एमाले अध्यक्ष समेत रहेका ओलीले परिवर्तनको सारथी एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरु लागेको टिप्पणी गरे । 

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरुपमा लाग्न आग्रह गर्दै उनले नेकपा (माओवादी केन्द्र) को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरे । अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरुलाई गतिशील बनाउँदै समस्याहरुको खोजी र निदान हुने अपेक्षा गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।