नेभिगेशन
सबै कुरा

त्रिशूली किनारमा ट्रक खसेको घटना शंकास्पद, सुभमालिका ट्रेडिङले पठाएको ११ सय कार्टुन खाने तेल गायब

चितवन । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली किनारमा ट्रक खसेको घटना शंकास्पद देखिएको छ । आज बिहान भैरहवाबाट ललितपुर आउँदै गरेको ना ६ ख ६२८३ नम्बरको ट्रक सडकबाट ७० मिटर खसेपनि नदीमा भने नपुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनास्थल पुगेका डिएसपी भेषराज रिजालका अनुसार दुर्घटना शंकास्पद देखिएको छ । डिएसपी रिजालले भने,'ट्रक पानीमा पुगेको छैन, ठुलो गतिमा आएर खसेको जस्तो पनि देखिएन'। 

Marvel
Extreme Energy

डिएसपी रिजालका अनुसार ट्रकमा भेटिएका बिलबिजक र सामानको अवस्था पनि मेल खाएको छैन । भैरहवास्थित सुभमालिका टेर्डिङले ललितपुरको भैरवी कर्पोरेटलाई २ हजार २ सय २५ कार्टुन सनफ्लावर तेल पठाएको बिल बनाए पनि ट्रकमा आधाजति मात्रै तेल भेटिएको छ । 

डिएसपी रिजालले भने,'ट्रकमा भेटिएको बिल अनुसार तेल छैन, कतै पोखिएको पनि देखिदैन' । अहिलेसम्म ट्रक धनीको टुंगो नलागेकाले यातायातबाट विवरण खोजी गर्न लागेको प्रहरीले जनाएको छ । साथै ट्रकका चालक र सहचालकसँग सम्पर्क नभएपछि तेल आयात गर्ने भैरवी कर्पोरेटका अधिकारीहरुलाई चितवन बोलाएको प्रहरीले जनाएको छ । 

तस्विर : मुगलिन बजार

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

रोपका विभिन्न देशमा जीवनयापनको बढ्दो खर्च, महँगी, आवास सङ्कट, सार्वजनिक सेवामा सरकारी लगानीको कमी र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार (३१ अक्टोबर) फ्रान्समा लगातार तेस्रो सप्ताहान्त...
गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

सरकार भरोसा र विश्वास गुमाउँदै डर र भयको वातावरण सिर्जना गरेर शासन गर्न खोज्दैछः सभापति थापा
यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको नाम प्रहरीले सार्वजनिक गरेको छ।