नेभिगेशन
सबै कुरा

काठमाडौँ उपत्यकामा इन्द्रजात्रा शुरू (तस्विरहरु)

काठमाडौँ । बसन्तपुरस्थित हनुमानढोकामा यःसी अर्थात लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । आइतबार बिहान शुभ साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइने गरिएको संस्कृतिका जानकार एवं स्थानीय राजन महर्जनले जानकारी दिए । 

Marvel
Extreme Energy

काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

रोपका विभिन्न देशमा जीवनयापनको बढ्दो खर्च, महँगी, आवास सङ्कट, सार्वजनिक सेवामा सरकारी लगानीको कमी र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार (३१ अक्टोबर) फ्रान्समा लगातार तेस्रो सप्ताहान्त...
गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

सरकार भरोसा र विश्वास गुमाउँदै डर र भयको वातावरण सिर्जना गरेर शासन गर्न खोज्दैछः सभापति थापा
यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको नाम प्रहरीले सार्वजनिक गरेको छ।