नेभिगेशन
सबै कुरा

भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको छः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोष्ट बहादुर बोगटीको दशँैं स्मृति दिवसमा माओवादी केन्द्रले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सरकारको पछिल्लो कामकारवाहीलाई हेर्दा भ्रष्टाचारीलाई जोगाउन वर्तमान सरकार गठन भएको पुष्टि हुँदै गएको बताएका हुन् । 

Marvel
Extreme Energy

पछिल्लो समय सहकारी प्रकरणमा सांसदहरु मुछिदै गएकाले उनीहरुलाई कस्तो कारवाही वा अनुसन्धान हुन्छ भन्ने जनताले हेरिरहेको उनले बताए ।

श्रेष्ठले माओवादीको जनयुद्ध वा संविधानमा उल्लेख सशस्त्र द्वन्द्वलाई होच्याउने काम सत्तापक्ष सांसदहरुबाट भएकाले प्रतिवाद गर्नुपरेको धारणा राखे । हिंसा शब्द नै सदनमा प्रयोग हुन सक्दैन भन्ने नभई जनयुद्धका सन्दर्भमा प्रयोग भएको हिंसा शब्दले परिवर्तनलाई नै अपमान गर्ने काम भएको उनले बताए । 

श्रेष्ठले समाजवादी मोर्चालाई क्रियाशिल बनाउन सक्रिय भूमिका खेल्ने र जनताको मुद्दाका बिषयमा बिचार मिल्नेससँग सहकार्य गर्दैै अघि बढ्ने धारणा राखे । उनले माओवादी नेतृत्वको सरकारले कुनै गल्ती नगरी राम्रा काम गरेकाले नै सरकारबाट हटाइएको दावी गरे । 

सरकारबाट बाहिरिएपछि पनि माओवादीलाई आफुले गरेका कामका कारण जनताका अगाडि मुख देखाउन कुनै समस्या नरहेको उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

रोपका विभिन्न देशमा जीवनयापनको बढ्दो खर्च, महँगी, आवास सङ्कट, सार्वजनिक सेवामा सरकारी लगानीको कमी र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार (३१ अक्टोबर) फ्रान्समा लगातार तेस्रो सप्ताहान्त...
गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

सरकार भरोसा र विश्वास गुमाउँदै डर र भयको वातावरण सिर्जना गरेर शासन गर्न खोज्दैछः सभापति थापा
यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको नाम प्रहरीले सार्वजनिक गरेको छ।