नेभिगेशन
सबै कुरा

'स्थायी सेटलमेन्ट'का लागि नेपाली फुटबल टिमका स्ट्राइकर विमल पनि अष्ट्रेलिया उडे

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका  स्ट्राइकर  विमल घर्तीमगर 'स्थायी सेटलमेन्ट'का लागि अष्ट्रेलिया उडेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया उडेका हुन् । 

Ncell
Extreme Energy

विमल नेपाली राष्ट्रिय टीमका प्रमुख फरवार्ड थिए । सबैभन्दा कम उमेरमा नेपालको राष्ट्रिय टीमबाट डेब्यू गरेका उनले  राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि बनाएका छन् । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् ।

पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलियामै सेटल भएका छन् । 

यस अघि दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।

भर्खरै