नेभिगेशन
सबै कुरा

धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

काठमाडौँ । आज बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम-नट्स) मा पहुँच पुर्‍याउनका लागि ब्रोकरहरुले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ (डिएनए) लगइन हुन नसक्दा समस्या देखिएको हो । यद्यपि, के–कस्तो प्राविधिक कारणले डिएनएमा लगइन हुन सकेन र ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखियो भन्ने अझै खुलेको छैन । 

Extreme Energy
citizen life

साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरुले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनविज्ञता जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुलीले केही धितोपत्र दलालहरुको प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित भएको पुष्टि गरे । “बिहान डिएनए लगइन नहुँदा समस्या देखिएको भन्ने जानकारी नेप्सेमा आएको छ । त्यसको केही समयपछि समस्या समाधान भएको र कारोबार पुनः सञ्चालन भएको जानकारी पाएका छौँ । यस विषयमा थप जानकारी लिइरहेका छौँ”, पराजुलीले भने।

ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिँदा आज बिहान करिब २५ मिनेट कारोबार प्रभावित भएको कालिका सेक्युरिटिजका अध्यक्ष नरेन्द्रराज सिजापतिले जानकारी दिए। के-कस्तो प्राविधिक समस्याका कारण टिएमएसमा अवरोध भएको हो भन्ने कुरा ब्रोकर कम्पनीहरुलाई डिएनए सुविधा उपलब्ध गराइरहेको कम्पनी वाइकोलाई जानकारी हुने उनको भनाइ छ ।

ब्रोकर कम्पनीलाई डिएनए सुविधा उपलब्ध गराइरहेको वाइकोका प्रबन्धक अमृत आचार्यले आन्तरिक प्रणाली (नेटवर्क) मा समस्या देखिएका कारण केहीबेर डिएनए लगइन हुन नसकेको बताए । 

“बिहान नेटवर्कमा केही समस्या देखिएको थियो, जसकारण कनेक्सनमा समस्या देखिएको हो । अहिले समस्या समाधान भइसकेको छ”, उनले भने । अधिकांश ब्रोकर कम्पनीले वाइकोमार्फत सेवा लिइरहेकामा त्यस्तो सेवा लिइरहेका ६० प्रतिशत ब्रोकरहरुको टिएमएस प्रभावित भएको आचार्यको भनाइ छ । आजको घटनालाई साइबर सुरक्षाका दृष्टिले गम्भीर नभई सामान्य प्राविधिक समस्याका रुपमा बुझ्न आचार्यले आग्रह गर्नुभयो । 

धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७९ को व्यवस्था हेर्दा आजको घटनामा धितोपत्र दलाल व्यवसायीहरुको लापरबाही मात्र नभइ नियामकको पनि गम्भीर त्रुटी देखिएको जानकार बताउँछन् । नियमावलीको व्यवस्थाअनुसार धितोपत्र कारोबार सदस्यहरुले त्यस्तो कारोबार सञ्चालन गर्न नेप्सेको प्रणालीसँग आवद्ध हुनेगरी आफै कारोबार व्यवस्थापन प्रणालीको स्थापना गर्नुपर्ने उल्लेख छ । तर धितोपत्र कम्पनीहरुले भने तेस्रो पक्षको कम्पनीका रुपमा वाइकोमार्फत सेवा लिइरहेका छन् ।

त्यस्तै, नेटवर्कसम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानका लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गर्नुपर्ने, साइबर आक्रमणसम्बन्धी घटना र समस्याको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाका लागि अनुगमन गर्नुपर्ने, बिजनेस रिकभरी म्यानेजमेन्ट प्रणाली स्थापना गर्ने, कारोबार व्यवस्थापन प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने सर्भर भण्डारण (स्टोरेज) क्षमता, सुरक्षा व्यवस्थापन (फायरवाल), नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्नेलगायत नियमावलीका व्यवस्था कार्यान्वयन भए नभएकोबारे नियामकले अनुगमन र कारबाही गर्न सकेको छैन । नियामक नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले आजको घटनाबारे बोर्डमा कुनैपनि जानकारी नआएको बताए ।

नेप्सेले धितोपत्र दलालहरुलाई आफै डाटा सेन्टर राख्न, प्रावधिक जनशक्ति राख्न भनेपनि धितोपत्र दलालहरुले तेस्रो पक्षबाट यो सुविधा लिँदै आएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

बुधबार ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा रु चार अर्ब ९८ करोड ६२ लाख...
नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

आज ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ८० लाख ७७...
देशको आर्थिक अवस्था कस्तो छ ? अर्थमन्त्री वाग्लेल सार्वजनिक गरे स्वेतपत्र(पूर्णपाठ)

देशको आर्थिक अवस्था कस्तो छ ? अर्थमन्त्री वाग्लेल सार्वजनिक गरे स्वेतपत्र(पूर्णपाठ)

यसका साथै, नेपाल वित्तीय कारबाही कार्यदल (FATF) को ‘ग्रे–लिष्ट’ मा पर्दा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय विश्वसनीयता गुमेको र वैदेशिक लगानी भित्र्याउन थप कठिन भएको श्वेतपत्रमा उल्लेख छ। मुलुक औद्योगिकीकरण...
नेप्से परिसूचकमा १७ अङ्कको गिरावट

नेप्से परिसूचकमा १७ अङ्कको गिरावट

अघिल्लो दिन दुई हजार ८०४ अङ्कमा रहेको बजार आज दुई हजार ७८७ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । अघिल्लो दिन सात अर्ब ८१ करोड ३९ लाख ४७...