नेभिगेशन
सबै कुरा

बिग्रिएको एक्स-रे मेसिन कसले बनाउने भन्ने विवादले चिसापानी अस्पतालको सेवा अवरुद्ध

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पतालमा एक्स रे मेसिन बिग्रिदा दैनिक उपचारमा असहज भएको छ । दैनिक १५० जना भन्दा बढी बिरामीको चाप हुने अस्पतालमा सहजताका लागि भन्दै २०७९ चैत्र १७ गतेका दिन १९ लाख १६ हजार ४ सय ६० रुपैयाँमा बुटवलमा रहेको एचआर मेडिको कन्सर्न प्रा.लि.बाट डिजिटल एक्स रे मेसिन खरिद गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१ बर्षको वारेन्टी रहेको कोरियन कम्पनीको डिआर मेसिन विग्रीएको २४ घण्टा भित्र बनाऊन पहल गर्ने र यदि तत्कालै बनाऊन नसकिने अवस्था आएमा अस्पताललाई बाधा नपर्ने गरि अर्को मेसिन दिएर सेवा तुरुन्त सञ्चालनको वातावरण मिलाऊने लिखित कबुल गरेर अस्पतालालई वितरकले मेसिन वेचेको देखिन्छ । 

Ncell
Extreme Energy

करिब १ वर्षको अवधिपश्चात बिग्रिएको मेसिनको समाचार तयार पार्दाको दिनसम्म वितरकले कुनै चासो नदिएको अस्पतालले जनाएको छ । अस्पतालका गुणस्तर सुधार समितिका संयोजक यम बहादुर थापाका अनुसार मेसिन बेच्ने समयमा ठुला ठुला आश्वासन र लिखित सम्झौता गरे पनि वितरकले कुनै किसिमको सेवा नदिएको गुनासो गरे । उनी भन्छन, ‘हामीले बारम्बार वितरकलाई हेरिदिन आग्रह गरेपनि कुनै सहजीकरण नगरेपछि हामी काठमाडाँैमा रहेको मुख्य डिलर सम्म पुग्याँै तर उानीहरुले पनि कुनै चासो दिएनन् ।’ उनले मेसिन खरिदपछि सञ्चालन गर्दा आवश्यक पर्ने थप सामग्री टेण्डर प्रक्रियाबाट अर्कै कम्पनीलाई परेपछि रुस्ट वितरकका कर्मचारीले थप आम्दानी नहुने देखेपछि चासो नदिएको बताए । ‘सप्लिमेन्ट्री सामग्रीबाट नाफा कमाउने सोचले मेसिन बेचेका रहेछन, सप्लिमेन्ट्री सामग्री सस्तोमा अर्कै कम्पनीले उपलब्ध गराउने टेन्डर पाएपछि आफूले बेचेको मेसिन पनि सामाग्री उपलब्ध गराउने कम्पनीले नै बनाऊनुपर्ने जिम्मेवारी रहेको भन्दै जिम्मेवारीबाट पन्छिएका छन् ।’ 

अस्पतालमा दैनिक ३० जना भन्दा बढी एक्स–रे सेवाकालागि आउने गर्दछन । निर्माणाधिन राजमार्गमा हुने दुर्घटनाका कारण पनि एक्स रे सेवा लिनको संख्या बढि रहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक रमेश न्यौपाने बताउँछन् । उनी भन्छन, ‘सर्वसुलभ सेवा विस्तार गर्न डिजिटल एक्स रे मेसिन भित्र्याईयो, मेसिन बिग्रिएर नबन्दा सेवा लिने, दिने दुबैलाई समस्या आएको छ ।’ यस विषयमा उपभोक्ता हक हितमञ्च, कोरियन कम्पनीले समेत यस्ता वितरकलाई कारबाही गर्नुपर्ने बताउँछन् । 

यता मेसिन विक्रेता कम्पनि एचआर मेडिको कन्सर्न प्रा.लि.का सञ्चालक राजिव गौतम भने मेसिन विग्रिएको आधिकारिक जानकारी नआएको बताउँछन् । सप्लिमेण्ट्री सामान बेचेर नाफा कमाएको कम्पनीले नै त्यस मेसिनको जिम्मा लिनुपर्ने उनको तर्क छ । उनी भन्छन, ‘मैले पहिले पनि भनेको थिएँ । अस्पताल समितिले कुनै चासो दिएन । त्यसको सप्लिमेण्टरी सामग्रीको हामी आफँै उपलब्ध गराउछौँ भनेर तर अस्पताल समिति मानेन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुने भएको छ।
पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

पुर्ख्यौली  पेसा छुट्यो, माहुत समुदायको अभाव र सङ्कट घटेन

मागेर जीविकोपार्जन गर्ने पुख्र्यौली पेसा छाडेको वर्षौं बितिसक्यो। तर बाँकेको माहुत समुदायको जीवनमा अभाव र सङ्कट भने घटेको छैन।
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...