नेभिगेशन
सबै कुरा

बिग्रिएको एक्स-रे मेसिन कसले बनाउने भन्ने विवादले चिसापानी अस्पतालको सेवा अवरुद्ध

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पतालमा एक्स रे मेसिन बिग्रिदा दैनिक उपचारमा असहज भएको छ । दैनिक १५० जना भन्दा बढी बिरामीको चाप हुने अस्पतालमा सहजताका लागि भन्दै २०७९ चैत्र १७ गतेका दिन १९ लाख १६ हजार ४ सय ६० रुपैयाँमा बुटवलमा रहेको एचआर मेडिको कन्सर्न प्रा.लि.बाट डिजिटल एक्स रे मेसिन खरिद गरिएको थियो । 

१ बर्षको वारेन्टी रहेको कोरियन कम्पनीको डिआर मेसिन विग्रीएको २४ घण्टा भित्र बनाऊन पहल गर्ने र यदि तत्कालै बनाऊन नसकिने अवस्था आएमा अस्पताललाई बाधा नपर्ने गरि अर्को मेसिन दिएर सेवा तुरुन्त सञ्चालनको वातावरण मिलाऊने लिखित कबुल गरेर अस्पतालालई वितरकले मेसिन वेचेको देखिन्छ । 

City Express

करिब १ वर्षको अवधिपश्चात बिग्रिएको मेसिनको समाचार तयार पार्दाको दिनसम्म वितरकले कुनै चासो नदिएको अस्पतालले जनाएको छ । अस्पतालका गुणस्तर सुधार समितिका संयोजक यम बहादुर थापाका अनुसार मेसिन बेच्ने समयमा ठुला ठुला आश्वासन र लिखित सम्झौता गरे पनि वितरकले कुनै किसिमको सेवा नदिएको गुनासो गरे । उनी भन्छन, ‘हामीले बारम्बार वितरकलाई हेरिदिन आग्रह गरेपनि कुनै सहजीकरण नगरेपछि हामी काठमाडाँैमा रहेको मुख्य डिलर सम्म पुग्याँै तर उानीहरुले पनि कुनै चासो दिएनन् ।’ उनले मेसिन खरिदपछि सञ्चालन गर्दा आवश्यक पर्ने थप सामग्री टेण्डर प्रक्रियाबाट अर्कै कम्पनीलाई परेपछि रुस्ट वितरकका कर्मचारीले थप आम्दानी नहुने देखेपछि चासो नदिएको बताए । ‘सप्लिमेन्ट्री सामग्रीबाट नाफा कमाउने सोचले मेसिन बेचेका रहेछन, सप्लिमेन्ट्री सामग्री सस्तोमा अर्कै कम्पनीले उपलब्ध गराउने टेन्डर पाएपछि आफूले बेचेको मेसिन पनि सामाग्री उपलब्ध गराउने कम्पनीले नै बनाऊनुपर्ने जिम्मेवारी रहेको भन्दै जिम्मेवारीबाट पन्छिएका छन् ।’ 

अस्पतालमा दैनिक ३० जना भन्दा बढी एक्स–रे सेवाकालागि आउने गर्दछन । निर्माणाधिन राजमार्गमा हुने दुर्घटनाका कारण पनि एक्स रे सेवा लिनको संख्या बढि रहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक रमेश न्यौपाने बताउँछन् । उनी भन्छन, ‘सर्वसुलभ सेवा विस्तार गर्न डिजिटल एक्स रे मेसिन भित्र्याईयो, मेसिन बिग्रिएर नबन्दा सेवा लिने, दिने दुबैलाई समस्या आएको छ ।’ यस विषयमा उपभोक्ता हक हितमञ्च, कोरियन कम्पनीले समेत यस्ता वितरकलाई कारबाही गर्नुपर्ने बताउँछन् । 

यता मेसिन विक्रेता कम्पनि एचआर मेडिको कन्सर्न प्रा.लि.का सञ्चालक राजिव गौतम भने मेसिन विग्रिएको आधिकारिक जानकारी नआएको बताउँछन् । सप्लिमेण्ट्री सामान बेचेर नाफा कमाएको कम्पनीले नै त्यस मेसिनको जिम्मा लिनुपर्ने उनको तर्क छ । उनी भन्छन, ‘मैले पहिले पनि भनेको थिएँ । अस्पताल समितिले कुनै चासो दिएन । त्यसको सप्लिमेण्टरी सामग्रीको हामी आफँै उपलब्ध गराउछौँ भनेर तर अस्पताल समिति मानेन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनी र...
प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन...