नेभिगेशन
सबै कुरा

१ लाख ८० हजार ट्रामाडोलसहित ६ जना पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ । व्युरोले शुक्रबार १ लाख ८० हजार ४ सय ३० ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरिएको व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।भाद्र १८ गते उदयपुर घर भइ माकलबारी भर भएका बहादुर राइलाई ९ सय क्याप्सुल सहित पक्राउ गरिएको थियो । उनीमाथि थप अनुस्न्धान गर्दा उनको कोठाबाट थप ३३ हजार ६ सय क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै भाद्र १९ गते सर्लाही घर भएका विपिन कुमार महत्तोलाई काठमाडौं मनोहरास्थीत बाबाचोकबाट ५३ हजार ९ सय ट्रमाडोल र ८ सय ९२ नाइट्राजेपान सहित पक्राउ गरिएको थियो । त्यस्तै भाद्र ३१ गते पर्वत घर भइ काठमाडौं मित्रनगर बस्ने बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कबाट ९ हजार ट्रामाडोलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले जानकारी दिए ।

उक्त लागू औषध सम्झना रोक्काबाट खरिदबिक्रि गर्ने गरेको अनुसन्धानबाट खुल्न आएपछि रोक्कालाई निजकै घरबाट ८३ हजार ट्रमाडोल तथा २ लाख ५० हजार रुपैयासहित पक्राउ गरिएको आचार्यले बताए ।रोक्काले उक्त लागूऔषध बिक्रिबितरण गर्ने मुख्य व्यक्ति बारा घर भएका एक व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले असोज २ गते बारा घर भएका प्रदीप सर्राफलाई टोखाबाट ट्रमाडोल ३० क्याप्सुल सहित पक्राउ गरेको छ ।

निजको कारोवारमा सहयोग गर्ने डल्लु घर भएका मन मोहन श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये प्रदीप सर्राफले बिगत ४ बर्षदेखि काठमाडौंमा ठूलो परिमाणमा अवैध कारोवार गर्दै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...