नेभिगेशन
सबै कुरा

उदयपुरमा आमा र छोराको हत्यामा संलग्न एक जना पक्राउ

उदयपुर । उदयपुरमा दुईसाताअघि घरभित्रै मृत भेटिएका आमा छोराको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।  दुईसाताको अनुसन्धान पछि प्रहरीले स्थानिय ३२ वर्षिय तारा बहादुर मगरलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कटारी नगरपालिका १० सोरुङ छविसेस्थित वडा कार्यालय छेउकै एक पसलमा गत भदौ २० गते विहान आमा छोरा मृत भेटिएका थिए । ६ वर्षीय नाबालक छोरा आरुस थापासँगै ४० वर्षीया आमा निर्मला थापाको शप विभत्स अवस्थामा भेटिएको थियो ।  उनीहरु दुवैको धारिलो हतियारले प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खवर गरेका थिए । 

Ncell
Extreme Energy

पक्राउ परेका ३२ वर्षिय तारा बहादुर मगरलाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको हो। घटनामा प्रयोग भएका र घटना स्थलबाट बरामद भएका समान हरु समेत सार्वजनिक गरिएको छ। 

मृतकले प्रयोग गर्ने मोबाइल सोरुङ्ग खोलामा फुटेको अबस्थामा फेला परेको थियो। प्रहरीले धारिलो खुकुरी समेत १ थान बरामद गरिएको जनाएको छ।

घटना स्थल नजिकै घर भएका मगरले धारिलो हतियार खुकुरी प्रयोग गरी आमा र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राजन चापागाईंले बताए। 

उक्त घटना अवैध सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी चापागाईंले बताए। मगरलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।