नेभिगेशन
सबै कुरा

विरोध प्रदर्शन हुने देखेपछि अमेरिकामा आयोजित स्वागत कार्यक्रममा गएनन् प्रधानमन्त्री ओली

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम सुरक्षा खतरा देखाउँदै स्थगित गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागत गर्न आयोजित कार्यक्रममा नेपालीहरू उपस्थित भइसकेपछि अन्तिम समयमा नेपाली दूतावासले सूचना जारी गर्दै स्थगित गरिदिएको हो ।

दूतावासले सुरक्षा संवेदनशीलता देखाउँदै कार्यक्रम स्थगन गरेको सूचना सार्वजनिक भएको छ ।


सूचनामा लेखिएको छ, 'संयुक्त राष्ट्र संघको महासभा, समिट अफ दी फ्युचर तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको छ'।

कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायले आयोजना गरेका थिए । 

न्यूयोर्कमा रहेका नेपालीहरुले प्रधानमन्त्री ओलीलाई कार्यक्रमस्थलमै कालो झण्डा देखाउने तयारी गरिरहेको जनाएका थिए । साथै कार्यक्रमस्थल बाहिर पनि प्रदर्शन गर्न सामाजिक संजाल आवह्न गरेका थिए ।

कार्यक्रममा प्रदर्शनको सामना गर्नूपर्ने अवस्था देखिएपछि प्रधानमन्त्री ओली तथा परराष्ट्रमन्त्री राणाले कार्यक्रम स्थगित गरेको न्यूयोर्कस्थित स्वागत कार्यक्रममा पुगेका एक नेपालीले बताए ।

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका थिए । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...