नेभिगेशन
सबै कुरा

विरोध प्रदर्शन हुने देखेपछि अमेरिकामा आयोजित स्वागत कार्यक्रममा गएनन् प्रधानमन्त्री ओली

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम सुरक्षा खतरा देखाउँदै स्थगित गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागत गर्न आयोजित कार्यक्रममा नेपालीहरू उपस्थित भइसकेपछि अन्तिम समयमा नेपाली दूतावासले सूचना जारी गर्दै स्थगित गरिदिएको हो ।

Ncell
Extreme Energy

दूतावासले सुरक्षा संवेदनशीलता देखाउँदै कार्यक्रम स्थगन गरेको सूचना सार्वजनिक भएको छ ।


सूचनामा लेखिएको छ, 'संयुक्त राष्ट्र संघको महासभा, समिट अफ दी फ्युचर तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको छ'।

कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायले आयोजना गरेका थिए । 

न्यूयोर्कमा रहेका नेपालीहरुले प्रधानमन्त्री ओलीलाई कार्यक्रमस्थलमै कालो झण्डा देखाउने तयारी गरिरहेको जनाएका थिए । साथै कार्यक्रमस्थल बाहिर पनि प्रदर्शन गर्न सामाजिक संजाल आवह्न गरेका थिए ।

कार्यक्रममा प्रदर्शनको सामना गर्नूपर्ने अवस्था देखिएपछि प्रधानमन्त्री ओली तथा परराष्ट्रमन्त्री राणाले कार्यक्रम स्थगित गरेको न्यूयोर्कस्थित स्वागत कार्यक्रममा पुगेका एक नेपालीले बताए ।

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका थिए । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।