नेभिगेशन
सबै कुरा

रास्वपा नेताहरु भन्छन्, 'सरकार स्वेच्छाचारी गतिविधि गर्छ भने जनविद्रोह हुन्छ'

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले सरकारले मनलाग्दी गर्न खोजे जनविद्रोह हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी केन्द्रीय सदस्य सोबिता गौतमले सरकारले कानुनविपरित कुनै नागरिकलाई बल प्रयोग गर्न नमिल्ने बताइन् ।

पार्टी सभापतिलाई पक्राउ गर्ने हल्ला गरेर सरकारले मिडिया ट्रायल गरको सांसदसमेत रहेकी गौतमले बताइन् । ‘जथाभावी स्वेच्छाचारी गर्न पाउनुपर्छ भन्ने किसिमको गतिविधि गर्छ भने त्यहाँ जनविद्रोह हुन्छ ।’, गौतमले भनिन्, ‘हामी लोकतान्त्रिक पद्धतिमा छौँ । सरकारले सोही पद्धति अनुसार कसरी राज्य सञ्चालन र नागरिकलाई कसरी सम्बोधन गर्ने भन्ने विषय सरकारले जान्नुपर्छ ।’

त्यस्तै पार्टी केन्द्रीय सदस्य तथा सह प्रवक्ता प्रतिभा रावलले सरकारले छविलाल जोशीलाई पक्राउ गरेर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न ट्रायल गरेको आशंका गरेकी छिन् । ‘सरकारले छविलाल जोशीमार्फत कसरी पार्टी सभापति रवि लामिछानेसम्म पुग्न सकिन्छ कि भनेर ट्रायल गरेको हुन सक्छ । यस विषयमा हामी सचेत छौँ ।’, सहप्रवक्ता रावलले भनिन्, ‘बहुमतको बल देखाएर सत्ता नै लागेपछि कसको के लाग्छ र ? उहाँहरु जसरी निरञ्कुश भएर लाग्नुभएको छ । त्यो निन्दनीय छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...