नेभिगेशन
सबै कुरा

रास्वपा नेताहरु भन्छन्, 'सरकार स्वेच्छाचारी गतिविधि गर्छ भने जनविद्रोह हुन्छ'

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले सरकारले मनलाग्दी गर्न खोजे जनविद्रोह हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी केन्द्रीय सदस्य सोबिता गौतमले सरकारले कानुनविपरित कुनै नागरिकलाई बल प्रयोग गर्न नमिल्ने बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी सभापतिलाई पक्राउ गर्ने हल्ला गरेर सरकारले मिडिया ट्रायल गरको सांसदसमेत रहेकी गौतमले बताइन् । ‘जथाभावी स्वेच्छाचारी गर्न पाउनुपर्छ भन्ने किसिमको गतिविधि गर्छ भने त्यहाँ जनविद्रोह हुन्छ ।’, गौतमले भनिन्, ‘हामी लोकतान्त्रिक पद्धतिमा छौँ । सरकारले सोही पद्धति अनुसार कसरी राज्य सञ्चालन र नागरिकलाई कसरी सम्बोधन गर्ने भन्ने विषय सरकारले जान्नुपर्छ ।’

Ncell
Extreme Energy

त्यस्तै पार्टी केन्द्रीय सदस्य तथा सह प्रवक्ता प्रतिभा रावलले सरकारले छविलाल जोशीलाई पक्राउ गरेर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न ट्रायल गरेको आशंका गरेकी छिन् । ‘सरकारले छविलाल जोशीमार्फत कसरी पार्टी सभापति रवि लामिछानेसम्म पुग्न सकिन्छ कि भनेर ट्रायल गरेको हुन सक्छ । यस विषयमा हामी सचेत छौँ ।’, सहप्रवक्ता रावलले भनिन्, ‘बहुमतको बल देखाएर सत्ता नै लागेपछि कसको के लाग्छ र ? उहाँहरु जसरी निरञ्कुश भएर लाग्नुभएको छ । त्यो निन्दनीय छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।