नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई सुमना श्रेष्ठको प्रश्न, ‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्नेले कुन नैतिक धरातलले अरुलाई देश फर्क भन्ने हो ?’

काठमाडौँ । रास्वपा सांसद एवम् तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूलाई देश फर्क भन्ने नैतिकता गुमाएको बताएकी छिन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोली हार्बर्ड विश्वविद्यालयमा एक कार्यक्रममा सम्बोधन गर्दैछन् । सोही कार्यक्रममा यस विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधिदिन उनले अनुरोध गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलले देश फर्क भन्ने हो ?’ सुमनाले लेखेकी छिन्,‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन सपथ खाएर उता हार्बर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नु भएको छ । न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है । ’

Ncell
Extreme Energy

शिक्षामन्त्री भएको बेला ओलीले श्रेष्ठलाई विदेशी नागरिक भएको र नेपाल माइत मात्रै भएको भन्दै टिप्पणी गरेका थिए । श्रेष्ठले राजनीतिक दलमा लागेका शिक्षकहरूलाई कारबाही तीब्र पारेपछि ओली उनलाई मन्त्रीबाट हटाउन लागि परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।