नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई सुमना श्रेष्ठको प्रश्न, ‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्नेले कुन नैतिक धरातलले अरुलाई देश फर्क भन्ने हो ?’

काठमाडौँ । रास्वपा सांसद एवम् तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूलाई देश फर्क भन्ने नैतिकता गुमाएको बताएकी छिन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोली हार्बर्ड विश्वविद्यालयमा एक कार्यक्रममा सम्बोधन गर्दैछन् । सोही कार्यक्रममा यस विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधिदिन उनले अनुरोध गरेकी हुन् ।

‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलले देश फर्क भन्ने हो ?’ सुमनाले लेखेकी छिन्,‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन सपथ खाएर उता हार्बर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नु भएको छ । न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है । ’

शिक्षामन्त्री भएको बेला ओलीले श्रेष्ठलाई विदेशी नागरिक भएको र नेपाल माइत मात्रै भएको भन्दै टिप्पणी गरेका थिए । श्रेष्ठले राजनीतिक दलमा लागेका शिक्षकहरूलाई कारबाही तीब्र पारेपछि ओली उनलाई मन्त्रीबाट हटाउन लागि परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...