नेभिगेशन
सबै कुरा

गंगालाल अस्पतालको फोहर संकलनमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ । वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानीकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर संकलनमा रोक लगाइएको वातावरण व्यवस्थापन महाशाखा प्रमुख कविता राईले जानकारी दिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ । संरचना उपयुक्त बनाए पनि फोहर संकलन र व्यवस्थापन अभ्यास भने अनुपयुक्त पाइएको वरिष्ठ शाखा अधिकृत सानुमैयाँ महर्जनले बताइन् । 

Ncell
Extreme Energy

महर्जनका अनुसार फोहर निर्मलीकरणका लागि ३ वटा अटोक्लेभ मेसिन राखिएकोमा २ वटा विग्रिएका थिए भने एउटाले पनि राम्रोसँग काम गरेको थिएन । 

यता गंगालाल अस्पताल प्रसासनले भने स्रोतमा वर्गीकरण राम्रो भएको दावी गरिरहेको थियो । अनुगमन टोलीले संकलन केन्द्रमा सबै फोहर एकै ठाउँमा हुने भएपछि यस अघि गरिएका सबै प्रयास निष्फल भएको जनाउँदै त्यस अघिका प्रक्रियामा चासो दिएन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...

भर्खरै